रवि लामिछाने उच्च अदालतमा

रवि लामिछाने उच्च अदालतमा

काठमाडौं : टेलिभिजन प्रस्तोता रवि लामिछाने उच्च अदालत पुगेका छन्। चितवन जिल्ला अदालतको आदेश बदर गरिपाउँ भन्दै लामिछाने उच्च अदालतमा पाटन, हेटौंडा इजलासमा पुगेका हुन् । उनले अदालत पुगेर मंगलबार निवेदन दर्ता गरे । 

फौजदारी कार्यविधि संहिता २०७४ को दफा ७३ ‘क’ बमोजिम साधारण तारेखमा मुद्दा कायम गरिपाउँ भन्दै लामिछानेले निवेदन दर्ता गरेको अदालतका रजिष्ट्रार केशर अर्यालले जानकारी दिए। अर्यालका अनुसार यो निवेदनमाथि बुधबार नै बहस हुनेछ।  

उनीहरुविरुद्ध पत्रकार शालिकराम पुडासैनीको आत्महत्याका लागि दुरुत्साहन गरेको अभियोगसहित चितवन जिल्ला अदालतमा मुद्दा दायर भएको थियो।  चितवन  र काठमाडौं प्रहरीको संयुक्त टोलीले साउन ३० गते काठमाडौंबाट रविसहित तीनजना पक्राउ गरेको थियो। रवि र युवराज ३० गते साँझ पानीपोखरीस्थित न्युज २४ टेलिभिजनको कार्यालयबाट  पक्राउ परेका थिए भने अस्मिता कार्की भने सोही दिन दिउँसो राजधानीबाटै पक्राउ परेकी थिइन् । लामिछाने न्युज २४ टेलिभिजनबाट प्रसारण हुने ‘सिधा कुरा जनतासँग’ कार्यक्रमका संयोजक हुन्।

चितवन जिल्ला अदालतले भदौ ३ गते लामिछानेलाई छानबिनका लागि ५ दिन म्याद थप गरेको थियो । चितवन जिल्ला अदालतका न्यायाधीश हेमन्त रावलको इजलासले गत भदौ ९ गते लामिछाने र युवराज कँडेललाई धरौटीमा रिहा गरेको थियो। लामिछानेलाई ५ लाख र कडेँललाई तीन लाख  धराैटी मागेकाे थियो । अस्मिता भने साधारण तारेखमा  रिहा भएकी छन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.