प्रदेश-१ : लोकसेवा आयोगका पदाधिकारी नियुक्तिको बाटो खुल्यो

प्रदेश-१ : लोकसेवा आयोगका पदाधिकारी नियुक्तिको बाटो खुल्यो

विराटनगर : प्रदेश-१ सरकारलाई प्रदेश लोकसेवा आयोगका अध्यक्ष र सदस्य नियुक्त गर्ने बाटो खुलेको छ। प्रदेश लोकसेवा आयोग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणिकरण भएसँगै सरकारका लागि यो बाटो खुला भएको हो। 

प्रदेश-१ प्रमुख प्रा.डा.गोविन्दबहादुर तुम्बाहाङले मंगलबार उक्त विधेयक प्रमाणिकरण गरेका हुन्। प्रदेश सभाको यही भदौ १० गतेको ४० औं बैठकले विधेयक पारित गरेर प्रमाणिकरणका लागि प्रदेश प्रमुख समक्ष पठाएको थियो। 

प्रदेश प्रमुखका प्रेस सल्लाहकार शेखर रेग्मीले नेपालको संविधानको धारा २०१ को उपधारा (२) बमोजिम प्रदेश प्रमुखले विधेयक प्रमाणिकरण गरेको जानकारी दिए। उनका अनुसार लोकसेवा आयोगसहित अहिलेसम्म प्रदेश-१ मा ३७ वटा विभिन्न विधेयक प्रमाणिकरण भइसकेका छन्। प्रदेश सभाबाट पारित भएर आएपछि प्रदेश प्रमुखले विधेयक प्रमाणिकरण गर्छन्। 

प्रदेश निजामती, प्रदेश प्रहरी, प्रदेश संगठित संस्था, प्रदेश अन्य सरकारी सेवा, स्थानीय सरकारी सेवा र स्थानीय तहको संगठित संस्थाको विज्ञापन गरेर कर्मचारी पदपूर्ती गर्ने अधिकार प्रदेश लोकसेवा आयोगलाई छ। 

आयोगमा एक अध्यक्ष र दुई सदस्य रहने छन्। समावेशी सिद्धान्तका आधारमा आयोगका पदाधिकारी चयन गरिने र कम्तीमा एक महिला अनिवार्य राखिने विधेयकमा उल्लेख छ। प्रदेशका मुख्यमन्त्रीको अध्यक्षतामा प्रदेश सभाका सभामुख र विपक्षी दलका नेता रहेको सिफारिस समितिले पठाएको नामाका आधारमा अध्यक्ष र सदस्य प्रदेश प्रमुखले नियुक्ति गर्ने व्यवस्था छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.