जागिरको प्रलोभनमा बलात्कार र लुटपाट !

जागिरको प्रलोभनमा बलात्कार र लुटपाट !

राजविराज : जागिरको खोजी गर्दै विराटनगर हुँदै सप्तरी छिरेका युवती बलात्कारको सिकार भएको खुलेको छ। 

लामो समयदेखि सप्तरी प्रहरीको खोजीमा रहेका सप्तरीको अग्नीसाइर कृष्णासवरण गाउँपालिका–५ का २८ वर्षीय सञ्जीव खड्का नाम बताउने सन्तोषकुमार यादव पक्राउ परेपछि रहस्य खुलेको हो।

जागिरको प्रलोभनमा सोलुखुम्बु, सुनसरी, सिन्धुपाल्चोक, नेपालगञ्ज, कञ्चनपुरलगायत विभिन्न जिल्लाका एक दर्जन बढी युवती यादवबाट बलात्कार र लुटपिटको शिकार भएको सप्तरी प्रहरीले जनाएको छ। 

जागिर खान विराटनगर बोलाइएका युवतीलाई बहाना बनाई सप्तरीको अग्नीसाइर कृष्णसवरणस्थित आफ्नो गाउँ ल्याएर बलात्कार तथा लुटपिट गर्ने गरेको पीडितले बताएका छन्।

इमोमार्फत युवतीको मोबाइल नम्बर पत्ता लगाई फोन सम्पर्क गर्ने उनले आफू रोजगारी डटकमका प्रबन्धक सञ्जीव खड्का रहेको भनेर परिचय दिने गरेका थिए। 

राम्रो जागिर खुलेकाले शैक्षिक योग्यताको प्रमाणपत्र, नागरिकतासहित विराटनगर आएर भेटन पटक–पटक अनुरोध गर्ने यादवले दिनभरी अलमल गरी साँझ पार्ने गरेको पीडितको कथन छ। ‘विराटनगरको जागिर त छुट्यो अब सप्तरीमा एउटा जागिर बाँकी छ, विराटनगरबाट बिहानै पुग्न नसकिने भएकाले अहिले नै गएर कञ्चनरुपस्थित दिदीको घरमा बसाँै’, उनको भनाइ उद्धृत गर्दै डीएसपी मकेन्द्रकुमार मिश्राले भने, ‘त्यहाँबाट राजविराज नजिकै पर्छ भनेर आफ्नो गाउँ पुर्याउने गरेको रहेछ।’ 

उनले गाउँको घरमा लगेर राति बलात्कार र कुटपिट गरेको अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय  कञ्चनरुपका डीएसपी मिश्रको भनाइ छ। तीन वर्षदेखि रोजगारी डटकमको माध्यमबाट टाढा–टाढाका गरिब एवम् बेरोजगार महिलालाई जागिरको प्रलोभन देखाउँदै आएका यादव प्रहरी हिरासतमा पुगेको खबर फैलिएपछि धेरै पीडित सम्पर्कमा आएका छन्। 

गत फागुनमा विराटनगरमा एक महिलालाई लुटपिट र जबरजस्ती करणी उद्योग गरेको आरोपमा मोरङ जिल्ला अदालतले उनलाई एक वर्ष ६ दिनको कैद सजाय तोकेको थियो। 

डीएसपी मिश्रका अनुसार पीडितमध्ये एक महिलाले साउन ९ गते आफैं इलाका प्रहरी कार्यालय कञ्चनरुप पुगेर उजुरी गरेपछि प्रहरीले उनीविरुद्ध थप अनुसन्धान सुरु गरेको थियो। 

सोलुखुम्बुकी एक महिलासँग शैक्षिक योग्यताको प्रमाणपत्र लिएर जागिर लगाई दिने प्रलोभन दिइरहेका बेला शनिबार मोरङको विराटनगर ३ बुढीगंगास्थित डेराबाट यादव पक्राउ परेका हुन्। 

उनलाई पक्राउ गर्नुअघि नै प्रहरीले उनको घरमा छापा मारी लुटिएका महिलाको पर्स, आठ थान मोबाइल, सुन र चाँदीका गहना, औँठी, लकेट, नगद ३४ हजार बरामद गरेको थियो। 

आरोपितविरुद्ध पाँचजनाको लिखित उजुरी परेको र मौखिक उजुरी दिने अन्य महिला पनि प्रहरीको सम्पर्कमा रहेको डीएपी मिश्रले बताए। 

  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.