यात्रु नपाएपछि जापान उडान कटौती

यात्रु नपाएपछि जापान उडान कटौती

काठमाडौं : नेपाल वायुसेवा निगमले यात्रु नपाएपछि जापानको उडान कटौती गरेको छ। निगमले भदौ १२ गतेदेखि काठमाडौंबाट जापानको ओसाकामा सिधा उडान सुरु गरेको हो। 

निगमले हरेक बिहीबार, मंगलबार र शनिबार काठमाडौंबाट जापान उडान सुरु गरेको थियो। पहिलो दुईवटा दुईतर्फी उडानपछि नै निगमले हरेक बिहीबारको उडान कटौती गर्ने निर्णय गरेको निगमका सहप्रवक्ता सुलेख मिश्रले जानकारी दिए। 

‘जापानको सुरुवाती उडान भएपनि दसैंको मुख परेकोले काठमाडौंबाट जापान जाने यात्रुको संख्या कम देखियो, जापान जाँदाको तुलनामा फर्कदा सन्तोषजनक यात्रु आइरहेका छन्’, उनले भने,‘काठमाडौंबाट जाँदा १०० जनाभन्दा कम यात्रु मात्रै भइरहेको भएपनि बिहीबारको उडानमा भने यात्रुको बुकिङ न्यून देखियो।’ 

जहाज खाली उडाउनुभन्दा एक महिनाको लागि हरेक बिहीबारको उडान कटौती गरेर सातामा दुईवटा मात्रै उडान गर्नेे निर्णय निगमले गरेको जानकारी मिश्रले दिए। मिश्रका अनुसार यात्रुको चाप बढेको अवस्थामा र आवश्यकता हुँदा चारवटा उडान पनि गर्न निगम तयार रहेको छ। तर, सुरुवाती उडान खाली उडाउँदा घाटामात्रै हुने भएकोले साताको मध्य विन्दूको उडानलाई कटौती गरिएको हो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.