मन्त्री योगेशले मागे प्रचण्डको साथ, रन-वे बढाउन ब्यारेक सारिने

मन्त्री योगेशले मागे प्रचण्डको साथ, रन-वे बढाउन ब्यारेक सारिने

चितवन : भरतपुर विमानस्थल विस्तारका लागि सेनाले प्रयोग गर्ने जग्गा विकल्पको रूपमा प्रस्ताव गरिएको छ। रन–वे बढाउनका लागि पश्चिमतर्फ रहेको सेनाको घोडा प्रजनन केन्द्रलाई विकल्पका रूपमा अघि सारिएको हो।

 उत्तरतर्फ रहेको ब्यारेक र घोडा फर्मलाई स्थानान्तरण गरेर त्यसमा विमानस्थल विस्तार गर्न भरतपुर महानगरले प्रस्ताव गरेको हो। भरतपुर महानगर–१ स्थित ठिमुरामा सेनालाई सारेर विमानस्थल फराकिलो बनाइने भएको हो। यसबाट ४ सय मिटर धावनमार्ग बढाउन सकिने प्रस्तावमा उल्लेख छ।

विमानस्थल विस्तार एवं सुधार सम्बन्धमा सरोकारवालाबीच बुधबार गरिएको अन्तरक्रियामा जिल्लास्थित सांसद, राजनीतिक दल, जनप्रतिनिधि एवं व्यवसायी सहभागी थिए। सबैको साझा निर्णयमा विमास्थलको क्षेत्र विस्तार गरिने नगर प्रमुख रेणु दाहालले बताइन्। ‘७२ सिटे विमानसहित रात्रिकालीन सेवा आवश्यक छ’, उनले भनिन्, ‘अहिलेको आवश्यकताअनुसार सेनालाई विकल्प दिएर पहल थालेका छौं।’

विमानस्थलनजिक हाकिमचोक, रिजाल चोक, युनिक कोलोनी, बुद्ध चोकदेखि हाकिमचोक जाने हुलाकी मार्गलगायत स्थानमा ठूला घर बनेका छन्। बस्तीलाई छाडेर ब्यारेक स्थानान्तरण गर्न महानगरले पहल थालेको हो। भरतपुर विमानस्थलमा हुने दैनिक ११ वटा उडानबाट करिब ८ सय जनाले यात्रा गर्छन्। जहाज अवतरण र पार्किङका लागि सुरक्षा चुनौती देखिएको नागरिक उड्डयन कार्यालय भरतपुरका प्रमुख पवनकुमार गौतमले बताए। ‘विस्तार नगरी यही अवस्थामा विमानस्थल सञ्चालन गर्न कठिनाइ छ’, उनले भने, ‘कि विस्तार गर्नुपर्‍यो कि बन्द गर्नुको विकल्प छैन।’

महानगरले प्रस्ताव गरेको योजनाअनुसार सेनाको जग्गा प्रयोग गर्न सके ६ सय मिटर थप गर्न सकिनेछ।

०७१ जेठ ११ गते संस्कृति तथा नागरिक उड्डयन मन्त्रालयमा ‘सैनिक स्टर्ड फर्म सेन्टर’ लाई स्थानान्तरण गरी त्यसमा ४ सय मिटर धावनमार्ग बढाउन सकिने सहितको सुझाव पठाइएको थियो। साना जहाजलाई उडान र अवतरणमा ६ देखि ८ सय मिटर रन–वे चाहिन्छ। ठूलालाई १ हजार ४ सय मिटर जरुरी पर्छ। अहिले भरतपुरमा जम्मा १२ सय मिटरको रन–वे छ। पूरा रन वे लिन नपाउँदा जहाजको क्षमताभन्दा पनि कम लोड राख्ने गरेका छन्। महानगरले प्रस्ताव गरेको योजनाअनुसार सेनाको जग्गा प्रयोग गर्न सके ६ सय मिटर थप गर्न सकिनेछ। त्यसका लागि महानगरले ठिमुरामा ५८ बिघा जग्गाको प्रस्ताव गरेको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले भरतपुर विमानस्थल मुख्य प्राथमिकतामा रहेको भन्दै स्तरोन्नतिका लागि दु्र्तगतिमा काम थालिने बताए। ‘अहिलेको अवस्थाले नै सुधारको माग गरेको छ’, उनले भने, ‘ सेनालाई सम्मानजनक स्थानान्तरण गरेर अत्याधुनिक सुविधासम्पन्न विमानस्थल बनाइनेछ।’ एउटै कामका लागि पटक–पटक उस्तै बैठक नराख्ने भन्दै मन्त्री भट्टराईले मन्त्रालयले प्राविधिकसहित प्रदेश र स्थानीय तहको सहभागितामा टोली बनाएर काम थाल्ने बताए। मापदण्ड बनाउन र त्यसविपरीतका संरचना हटाउन महानगरलाई उनले आग्रह गरे।

नेकपा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले एक्सनमा गएर काम गर्नुपर्ने बताए। सहरको विकास र व्यवस्थापनका लागि विमानस्थलको विकास अपरिहार्य भएको भन्दै स्तरोन्नतिका लागि आफू लाग्ने उनले प्रतिबद्धता जनाए। ‘अब आश्वासन होइन, एक्सनमा जानुपर्छ’, दाहालले भने।

प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रादेशिक संचरनापछिको विकासमा विमानस्थलको विकास आवश्यक रहेको बताए।

तत्कालीन हवाई सेवा विभागअन्तर्गत भरतपुर हवाई कार्यालयका रूपमा २०१८ सालदेखि सेवा सुरु भएको हो। सरकारले विमानस्थलका लागि २०१५ सालमा हवाई विभाग भनी करिब डेढ सय बिघा जमिन छुट्ट्याएको थियो। विविध कारण देखाई ०३८ देखि ०४२ सम्म हवाई सेवा बन्द भएको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.