सर्पले डसेर मृत्यु
रोल्पा : विषालु सर्पले डसेर रोल्पामा एक महिलाको मृत्यु भएको छ। सुनीलस्मृति गाउँपालिका–२ खुंग्रीकी ६५ वर्षीया तारा गिरीको बिहीबार मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लिलाराम आचार्यका अनुसार सर्पले डसेपछि उपचारकै क्रममा गिरीको मृत्यु भएको हो। घर नजिकै धारामा पानी लिन जाने क्रममा उनलाई सर्पले डसेको थियो।
सर्पको टोकाईपछि उनलाई छिमेकी जिल्ला प्यूठानको भिंगृ प्राथमिक स्वास्थ्य केन्द्र उपचारका लागि लगिएको थियो। पारिवारिक स्रोतका अनुसार उनको उपचारकै क्रममा भिंगृमा मृत्यु भएको हो। सर्पको टोकाईबाट उनको ज्यान गएपछि गाउँमा त्रास पैmलिएको छ।