‘केबलकार परियोजनाले पर्यटन विकासमा कायापलट ल्याउँछ’

‘केबलकार परियोजनाले पर्यटन विकासमा कायापलट ल्याउँछ’

जोमसोम : मुक्तिनाथ दर्शन केबकार प्रालिका अध्यक्ष अरूणकुमार सुवेदील देशको विकासमा केबलकारको भूमिका महत्त्वपूर्ण बताएका छन्। दीर्घकालीन पर्यटन विकासका लागि केबलकार परियोजनाले कायापलट ल्याउने उनको भनाइ छ। मुस्ताङको जोमसोमस्थित एक्याप कार्यालयमा बिहीबार परियोजनाबारे जानकारी दिँदै अध्यक्ष सुवेदीले  परियोजनाको डीपीआरका लागि सर्वेकार्य पूरा भएको र चार महिनाभित्रै डीपीआर सार्वजनिक हुने बताए।

अध्यक्ष सुवेदीले केवलकार परियोजनाका लागि वातावरण प्रभाव मूल्यांकन (ईआए ) प्रक्रियाअघि बढेको जनाए। यसका लागि प्रशासनिक र कानुनी प्रक्रिया झन्झटिलो भएकाले समय लम्बिएको सुवेदीले जानकारी दिए। उनले केबलकार परियोजनाको संम्भाव्यता अध्ययन तथा प्रारम्भीक प्रतिवेदन भई केवलकार निर्माणको प्रक्रिया सुरु भएको बताए। 

केबलकार निर्माणका लागि अन्तर्राष्ट्रिय बैँकिङ प्रणालीमा लगानीका लागि वार्ता भइरहेको केवलकार ४ वर्षभित्र योजना सम्पन्न गर्ने योजना रहेको सुवेदीले जानकारी दिए।

यसका लागि ईआईए प्रक्रियालाई अघि बढाउन स्थानीय स्तरमा छलफल गर्ने उद्देश्यले मुस्ताङ आएका अध्यक्ष सुवेदीले मुस्ताङका सरोकारवालासँग छलफलअघि बढाएका हुन्। परियोजनाको उद्देश्य र यसले पुर्‍याउने पर्यटन विकासबारेमा उनले स्थानीयलाई सुझाए। उनले परियोजना सिंगो मुलुक र प्रदेश  तथा स्थानीय निकायको हितमा रहेको दाबी गरे।

उनका अनुसार केबलकार परियोजनाले ५ वर्षभित्र १२ अर्व ८० करोड अर्थात् बर्सेनि २ अर्ब ५६ करोड सरकारलाई राजश्व बुझाउने लक्ष्य रहेको बताए। उक्त उठ्ने राजश्वको  १ अर्ब २८ करोड संघ, ६४ करोड प्रदेश र स्थानीयतहलाई ६४ करोड राजश्व उपलब्ध हुने अध्यक्ष सुवेदीको भनाइ थियो।   


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.