पर्यटन विश्‍वविद्यालय खोल्दैछौं : मन्त्री भट्टराई

पर्यटन विश्‍वविद्यालय खोल्दैछौं : मन्त्री भट्टराई

काठमाडौ : संस्कृति पर्यटन तथा नागरिक उड्‍डयनमन्त्री योगेश भट्टराईले नेपालमै पर्यटनको जनशक्ति उत्पादन गर्न पर्यटन  विश्वविद्यालय स्थापना गरिने बताएका छन्। सरकार छिट्टै विश्व विद्यालय स्थापनाको घोषणा गर्ने तयारीमा रहेको उनले जानकारी दिए।उनले यसका लागि ऐनको खाका बनिसकेको र अब मन्त्रीपरिषदबाट स्वीकृत गराउन मात्र बाँकी रहेको बताए।

शुक्रबार राजधानीमा आयोजित ट्रेकिङ एजेन्सिस एसोसिएसन एफ नेपाल (टान)को ४१ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री भट्टराईले भने, 'हामी सबै पर्यटन व्यवसायीसँग मासिक परामर्श गर्छौं। यसका लागि सम्बन्धित क्षेत्रका व्यवसायीलाई राखेर गोलमेच सम्मेलन गर्छौं।'

मन्त्री भट्टराईले नेपालको नकारात्मक प्रचार हुने प्रतिक्रिया नदिन आग्रह गरे।उनले भने,' नेपालको नकारात्मक प्रचार हुने प्रतिक्रिया नदिनुहोस्।हामी हाम्रा हिमाल जोगाउँछौं। हामी कुनै हिमालमा जान रोक लाउँदैनौं। विदेशीको अगाडि कुनै आँच आउने काम नगरौं।' 

उनले नेपाल सुरक्षित रहेको दावी गरे‍।उनले भने,' नेपालमा अहिले जनताको शासन छ, कुनै पर्यटन व्यवसायी हेपिनु पर्दैन। राणा शासन छैन जनताको शासन छ।' साथै उनले सगरमाथा सुधारको प्रतिबेदनको सुझाव कार्यान्वयन हुनेमा विश्वस्त हुन पनि आग्रह गरे ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.