२९ लाख अवैध रकमसहित भारतीय पक्राउ

२९ लाख अवैध रकमसहित भारतीय पक्राउ

धनगढी : कैलाली प्रहरीले २९ लाख अवैध रकमसहित भारतीय नागरिकलाई पक्राउ गरेको छ ।भारतबाट नेपालतर्फ ल्याउँदै गरेको २९ लाख अवैत्र रकमसहित प्रहरीले शुक्रबार कैलालीको त्रिनगर भन्सार नाकाबाट पक्राउ गरेको हो ।

यूपी ३१ एके ७३४८ नम्बरको कारबाट २५ लाख नेपाली र ३ लाख भारतीय रुपैयाँसहित भारतीय नागरिक अतुल बर्मालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव परीक्षक दक्षकुमार वस्नेतले जानकारी दिए ।

विषेश सूचनाका आधारमा गाडीमा लुकाएको रकमसहित नियन्त्रणमा लिएको उनले बताए । पक्राउ परेका बर्मासँग ६वटा विभिन्न बैंकका एटिएम कार्डसमेत प्रहरीले बरामद गरेको छ । घटना शंकास्पद रहेको प्रहरी नायव उपरीक्षक बस्नेतले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.