‘बरु सभापतिबाट हट्न तयार छु, अन्तरघातीलाई कारबाही गरेरै छाड्छु’

‘बरु सभापतिबाट हट्न तयार छु, अन्तरघातीलाई कारबाही गरेरै छाड्छु’

भक्तपुर :  नेपाल कांग्रेसका सभापति शेरबहादुर देउवाले जसरी भए पनि अघिल्लो निर्वाचनमा अन्तरघात गरेर पार्टीलाई हराउनेलाई कारबाही गर्ने चेतावनी दिएका छन्।

उनीहरुलाई कारबाही गरिँदा आफू सभापतिबाट हट्नुपरे पनि हट्न तयार रहेको उनको भनाइ छ। 

कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा महाधिवेशन प्रतिनिधिहरुको लागि आयोजित प्रदेश ३ स्तरीय प्रशिक्षण कार्यक्रम शुक्रबार भक्तपुरमा उद्घाटन गर्दै सभापति देउवाले यस्तो चेतावनी गरेका हुन्।

‘गएको चुनावमा पार्टीलाई हराउने र अन्तरघात गर्नेहरुलाई कारबाही हुन्छ’, सभापति देउवाले भने, ‘बरु म बाहिरिनुपरे बाहिरिन्छु तर कारबाही हुन्छ।’
चुनावमा असहयोग गर्ने र उल्टै पार्टीलाई हराउनेहरुलाई कारबाही नगर्न धेरै दबाब आएकोतर्फ संकेत गर्दै उनले थपे, ‘पार्टीलाई हराउनेलाई कारबाही गर्न नपाउने ? धेरै साथीहरुले चुनाव हार्नुभएको छ। ती साथीहरु हार्नुभएको होइन पार्टी हारेको हो।’

सभापति देउवाले मुलुकमा एकदलीय सर्वसत्तावाद लाद्न कम्युनिस्टहरु लागिपरेको औंल्याए।

उनले कम्युनिष्टहरुको एकदलीय सर्वसत्तावादविरुद्ध मुलुकमा फेरि अर्को आन्दोलनको जरुरी भएको स्पष्ट पारे। यसको लागि तयारी अवस्थामा रहन सम्पूर्ण नेता तथा कार्यकर्ताहरुलाई 
कम्युनिष्टहरु सरकारमा आउँदा रुन पनि पाउँदैन भन्दा आफूलाई धेरैले व्यंग्य गरेको स्मरण गर्दै उनले आएर आफ्नो भनाइ सही भयो कि भएन भनी प्रश्न गरेका थिए। सभापति देउवाले ओली सरकारले न्यायालय, प्रहरी, सेना र कर्मचारी प्रशासनमा हस्तक्षेप गर्नु ठूलो खतरा भएको बताए।

‘कर्मचारीहरुलाई तर्साएर र धम्काएर कम्युनिस्ट पार्टीमा प्रतिबद्ध बनाइँदैछ। प्रहरी र सेना तथा न्यायाधीशलाई समेत कम्युनिस्ट पार्टीप्रति प्रतिबद्ध बनाउन सरकार लागिपरेको छ’, उनले भने, ‘जनताको करबाट पालिने कर्मचारी, प्रहरी, सेना र न्यायाधीशहरुलाई एक पार्टीप्रति प्रतिबद्ध बनाउनु ठूलो खतरा हो। यो कांग्रेसलाई स्वीकार्य छैन।’

सभापति देउवाले आउँदो मंसिर १४ गते भक्तपुर निर्वाचन क्षेत्र १ को प्रदेश क मा हुने निर्वाचनमा कांग्रेसलाई जिताउनसमेत निर्देशन दिए। कांग्रेसको विजयी भक्तपुरबाटै सुरु हुनुपर्ने जिकिर गर्दै उनले भने, ‘भक्तपुरबाटै कांग्रेसले विजयी सुरुवात गर्नुपर्छ। पार्टीबाट एकजनाले टिकट पाउने हो। जुन उम्मेदवार जसरी पनि जित्नुपर्छ।

महाधिवेशन प्रतिनिधिहरुको लागि आयोजित प्रदेश ३ स्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस सभापति शेरबहादुर देउवा। तस्बिर : ईश्वरकाजी खाइजू

शीर्ष नेताबीच घोचपेच
कार्यक्रममा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेस नेतृत्व सरकारसामु प्रभावहीन भएको भन्दै असन्तुष्टि पोखे। उनले सरकारले एकलौटी ढंगले संवैधानिक अंगसँगै अन्य निकायमा नियुक्ति गदाँ पनि कांग्रेस नेतृत्वले केही गर्न नसकेको भन्दै असन्तुष्टि पोखे। 

‘कांग्रेस नेतृत्वसँग कम्युनिस्टसित लड्ने नैतिक, राजनीतिक र मौखिक शक्ति हुनुपर्छ’, वरिष्ठ नेता पौडेलले भने, ‘तर कांग्रेस नेतृत्वले संवैधानिक अंग र अन्य निकायमा हुने नियुक्ति रोक्न सकेन।’

जवाफमा सभापति देउवाले संवैधानिक अंगलगायत अन्य निकायमा बहुमतको सिफारिसअनुसार नियुक्ति हुने र कांग्रेसको बहुमत नभएको स्पष्टोक्ति दिए।
‘कुनै पनि नियुक्ति संवैधानिक परिषद्ले गर्छ। कांग्रेस बहुमतमा छैनौं। यो कुरा रामचन्द्रजीलाई पनि राम्ररी थाहा छ’, उनले भने, ‘यसो भने पनि कांग्रेसले केही गर्न नसकेको कुरा सत्य होइन। हामीले धेरै कुरा रोकेका छौं। रोक्न लगाएका छौं।’

कार्यक्रममा कांग्रेस भक्तपुरका जिल्ला सभापति दुर्लभ थापाले नेताहरुले आफ्नो स्वार्थ पूर्ति गर्न आफ्नो खल्तीबाट उम्मेदवारलाई टिकट दिए कांग्रेसले नजित्ने चेतावनी दिए।

भक्तपुर कांग्रेसले सिफारिस गरिएका वा भक्तपुर कांग्रेससँग सल्लाह गरेर टिकट दिइएका उम्मेदवारलाई जिताउन भने भक्तपुर कांग्रेस लागिपर्ने उनले सुनाए।

कार्यक्रममा कांग्रेस नेताहरु विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, अम्बिका बस्नेतलगायतले कांग्रेस एक भएर अघि बढ्नुको विकल्प नभएको धारणा राखेका थिए।

शुक्रबार र शनिबार सञ्चालन हुने प्रशिक्षणमा प्रदेश ३ अन्तर्गतका काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, रामेछाप र दोलखा गरी सात जिल्लाका तीन सय १२ महाधिवेशन प्रतिनिधिहरुको सहभागिता रहेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.