बन्दै गरेको घरको तीन तलामाथिबाट खस्दा एकको मृत्यु, एक घाइते

बन्दै गरेको घरको तीन तलामाथिबाट खस्दा एकको मृत्यु, एक घाइते

भक्तपुर : घरमा प्लास्टर गर्न बाँधिएको खट भाँचिएर खस्दा शुक्रबार भक्तपुरमा एक जना मजदुरको ज्यान गएको छ। अर्को एक मजदुर भने घाइते भएका छन्।

महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार भक्तपुर नगरपालिका ७ वाचुटोलस्थित गणेश सुवालको चार तले पक्की घरको तेस्रो तलमा प्लास्टर गर्ने क्रममा बाँसको खट भाँचिएर उक्त घटना भएको हो।

बाँसको खट भाँचिएर भूईमा लड्न पुगेका भारत घर भई हाल काभ्रेको बनेपा बस्ने ५० वर्षीय राजु अन्सारीको उपचारको क्रममा मृत्यु भएको परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए।

त्यस्तै भारत घर भई बनेपामै बस्ने १८ वर्षीय सहजात अन्सारी घाइते भएका छन्। उनको काठमाडौंस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक पोखरेलले बताए।

उनका अनुसार घटनालगत्तै घाइते दुवैलाई उपचारको लागि भक्तपुर अस्पताल लगिएको थियो। भक्तपुर अस्पतालमा उपचारकै क्रममा अन्सारीको मृत्यु भएको पोखरेलको भनाइ छ।

भक्तपुर प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।
  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.