हिमाली मालपोतमा आधुनिक सुविधा

हिमाली मालपोतमा आधुनिक सुविधा

मुस्ताङ : मालपोत कार्यालयलाई आधुनिक सुविधायुक्त बनाइएको छ। भूमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक गोकर्णमणि दुवाडीले सुविधायुक्त मालपोतको उद्घाट्न गरे।

महानिर्देशक दुवाडीले मालपोतले उपलब्ध गर्ने सेवा प्रभावकारी, गुणस्तरीय, वैज्ञानिक र व्यवस्थित गर्न  विभागले प्रणाली विकास गर्न लागेको जानकारी दिए।  मालपोतको पूर्वाधार विकास, प्रणालीको विकास र कर्मचारीको दक्षता वृद्धि गर्न विभागले ३ प्रकारको आधार तयार गरेको महानिर्देशक दुवाडीले खुलाए।

कार्यालय प्रमुख सूर्यशर्मा अर्यालले मुस्ताङको कुल क्षेत्रफलको १ प्रतिशत जग्गा नापी भएको बताए। उनले मुस्ताङमा छिट्टै जग्गा पुनः नाप नक्सा हुने जानकारी दिए। 

यस्तै, सहायक प्रमुख जिल्ला अधिकारी घनश्याम गौतमले मालपोत कार्यालयले घोषणा गरे अनुरूपको सेवा प्रवाह गर्नुपर्ने सुझाए। भूमि व्यवस्था तथा महालेखा विभागले देशका मालपोतमा आधुनिक सुविधायुक्त प्रणालीको थालनी गरेको हो।  

जसअन्तर्गत पहिलो चरणमा  १ सय ३१ मालपोतमध्ये ५ वटा मालपोतलाई सुविधायुक्त घोषणा गरेको थियो। सुविधा घोषणासँगै मुस्ताङ नेपालकै छैटो आधुनिक सुविधायुक्त मालपोत  भएको हो भने हिमाली जिल्लाकै पहिलो मालपोत  पनि बनेको हो।

सेवाग्राहीका लागि नागरिक सहायता कक्ष, महिला पुरुष शौचालय, अपांगमैत्री सेवा सुविधा, स्तनपान कक्ष, शुद्ध पिउने पानीको व्यवस्था, कार्यालय हाताभित्र र बाहिर प्रतिक्षालय, कार्यालयको पूर्ण सरसफाई र अनलाइन घरजग्गा रजिष्टेशनलगायतका सबै प्रकारका सेवा उपलब्ध भएको कार्यालयले जनाएको छ। 

मालपोतबाट हुने सबै सेवासुविधा सहज र सरल रुपमा उपलब्ध गराउने गरी मालपोत प्रणालीको पूर्वाधार तयार भएको कार्यालयको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.