मुस्ताङमा मानव बेचविखन विरुद्ध प्रभातफेरी
जोमसोम : १३औं मानव बेचविखन विरुद्ध शुक्रबार मुस्ताङको जोमसोममा एक कार्यक्रम गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङले समुदाय–प्रहरी साझेदारी अन्तर्गत गरेको कार्यक्रममा स्थानीय तथा सरोकारवाला पक्षहरु सहभागी थिए । ‘सरकारको प्रतिवद्धता मानव बेचविखन ओसार–पोसार र नियन्त्रणमा हामी सबैको एक्येवद्धता’ नारा सहित सुरु भएको मानव बेचविखन विरुद्धको प्रभातफेरीले जोमसोम बजार परिक्रमा गरेको थियो ।
प्रभातफेरीमा जिल्ला सुरक्षा निकाय, स्थानीय जनप्रतिनिधि, मानवअधिकारकर्मी, नागरिक समाज र पत्रकारहरु पनि थिए । अन्तर्राष्ट्रिय तथ्याङ्कले विश्वमा ६ देखि ८ लाख मानिसको मानव बेचविखन भएको उल्लेख छ । नेपालमा विगतको ३ वर्षको मानव बेचविखन तथ्याङ्कमा १२ हजार मानिस बेच विखनबाट पीडित छन् ।