जनप्रतिनिधिसहित ७ जनाविरुद्ध अख्तियारको मुद्दा

जनप्रतिनिधिसहित ७ जनाविरुद्ध अख्तियारको मुद्दा

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वडाध्यक्षसहित ७ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।

महोत्तरीको भँगाहा नगरपालिका ८ का वडाध्यक्ष मोहमद रफिक आलमविरुद्ध विषेश अदालतमा मुद्दा दायर भएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । वडाध्यक्ष आलमले वडा सदस्य कारी साहु तेलीका छोरा मुकेश शाहमार्फत घुस उठाएका थिए ।

सेवाग्राहीसँग एक लाख ६० हजार घुस लिँदालिँदै पक्राउ वडा सदस्य कारी साहुका छोरा मुकेश अख्तियारको फन्दामा परेका थिए । वडाध्यक्षसहित तीनै जनाविरुद्ध जनही १ लाख ६० हजार विगो कायम गर्दै मुद्दा दायर गरिएको छ ।

त्यस्तै अख्तियारले सुलक्षणा माध्यमिक विद्यालय विदुर, नुवाकोटका तत्कालीन प्रधानाध्यापक हरिराम भण्डारीसहित ३ जनाविरुद्ध विशेषमा मुद्दा दर्ता गरेको छ । उनीसँगै विद्यालयका शिक्षक केशवबहादुर बस्नेत र तत्कालिन विद्यालय निरीक्षक कुमारप्रसाद तिमल्सिनाविरुद्ध पनि मुद्दा दायर गरिएको छ ।

भण्डारी विद्यालयको शिक्षक रहेको अवस्थामा ३ वर्षे वेतलबी विदा लिई बैदेशिक रोजगारको लागि मलेसिया गएका थिए । उनले सेवा निवृत हुने समयमा वेतलबी विदा बसेका अवधिको गणना गरी सेवा सुविधा लिएका थिए । भण्डारीलाई सेवा सुविधा उपलब्ध गराउने निवृतिभरण प्रयोजनका लागि विद्यालयका निमित्त प्रअसमेत भएका बस्नेतले तयार गरी विद्यालय निरीक्षक तिमल्सिनाले तत्कालिन जिल्ला शिक्षा कार्यालयमा सिफारिस गरिदिएका थिए ।

यही सिफासिरसका आधारमा भण्डारीले शिक्षक कितावखानाबाट सेवानिवृत सेवासुविधा लिएको पुष्टि भएको छ । तत्कालिन प्रधानाध्यापक भण्डारीसहित तीन जनाविरुद्ध अख्तियारले अनुसन्धान गरी मुद्दा दायर गरेको छ ।

त्यस्तै जुवा अड्डा चलाउने सुयूविनायक नगरपालिका वडा नं.५ सल्लाघारीका गंगालाल श्रेष्ठविरुद्ध पनि अख्तियारले मुद्दा हालेको छ । जुवा अड्डा चलाउन सहज वातावरण बनाइदिने प्रयोजनका लागि प्रहरीलाई ४० हजार घुस दिदाँ दिदै उनी प्रक्राउ परेका थिए । उनीहरुविरुद्ध भ्रष्टाचार निवारण ऐन बमोजिम जरिवाना तथा कैद सजायको मागदाबीसहित विशेषमा आरोप पत्र दायर गरिएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.