‘समृद्धिका आधारमा चासो कम’

‘समृद्धिका आधारमा चासो कम’

विराटनगर : अन्नपूर्ण मिडिया नेटवर्कले शुक्रबार प्रदेश १ को राजधानी विराटनगरमा ‘प्रदेश १ को समृद्धि’ विषयक राउन्ड टेवल सम्पन्न गरेको छ। मुख्यमन्त्री शेरधन राईको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।

छलफल कार्यक्रममा बोल्दै मुख्यमन्त्री राईले प्रदेशका समृद्धिका आधार खोजिमा अन्नपूर्ण पोष्ट् दैनिकले मियोको भूमिका निर्वाह गरेको बताए। समृद्ध नेपाल र सुखी नेपालीको यात्रा प्रारम्भ भएको समयमा प्रदेशका समृद्धिका आधार के के हुन् सक्छन् भनेर खोजी गर्नु सबैको कर्तव्य भएको र यसको मुख्य भूमिका अन्नपूर्णले गरेकोमा उनले नेटवर्कलाई धन्यवाद समेत दिए।

राईले नेपाली मौलिकता र विशेषतामा आधारित संघीय प्रणालीमा अघि बढिरहेको बताउँदै सबैको पहिचान, सहभागिता र प्रत्यक्ष नेत्रृत्वलाई प्रतिनिधित्व गर्ने गरी सरकार अघि बढेको बताए। ‘मौलिकता र विशेषतामा आधारित शासन प्रणाली अन्तर्गत संघीय प्रणालीमा हामी छौं, प्रदेश विल्कुलै नयाँ संचरना हो, शून्यमा उभिएर काम थाल्नु परेको छ,’ उनले भने।परियोजना तयार गर्ने, कानुन बनाउने लगायत सरकारका विभिन्न काम सकेर प्रदेशमा लगानी सम्मेलन गर्ने तयारी रहेको मुख्य मन्त्री राईले जानकारी दिए।

राउन्ड टेवल छलफल कार्यक्रममा सहभागी।

कार्यक्रममा सहभागी प्रदेश १ की उप–सभामुख सरस्वती पोखरेलले समृद्धिका आधार कृषि, पर्यटन, जडिबुटी र उद्योग धन्दा भएकाले यसलाई मध्यनजर राख्दै भौतिक, सामाजिक र मानविय विकासमा पनि दौडिन जरुरी रहेको बताइन्। मानविय विकासका लागि मौलिक अधिकार लिपीवद्ध रहेको बताउँदै उनले यो पूर्ण रुपमा कार्यान्वयन गर्न सबै लाग्नुपर्नेमा जोड दिइन्।

नेपाली कांग्रेस प्रदेश १ का प्रमुख सचेतक केदार कार्कीले कृषि, पर्यटन, जलस्रोत र विद्युत समृद्धिका आधार भए पनि यस विषयमा तीनै तहको ध्यान जान नसकेको बताए। छलफल कार्यक्रममा सहभागी पर्यटन र होटल व्यवसायीले सरकारले पर्यटन वर्ष लक्षित कार्यक्रममा कम ध्यान दिएको बताउँदै तीनै सरकारले यो विषयमा सबै गम्भिर बन्नुपर्ने धारणा राखे।

राउन्ड टेवल छलफल कार्यक्रममा अन्नपूर्ण मिडिया नेटवर्कका व्यवस्थापक, निर्देशक सहित अन्नपूर्ण पोस्ट् दैनिक, एपीवान टेलिभिजन, अन्नपूर्णपोस्ट् डट कम र रेडियो अन्नपूर्णका सम्पपादक लगायतको उपस्थिती रहेको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.