यू-१९ एसिया कप : टस हारेर बंगलादेशविरुद्ध ब्याटिङ गर्दै नेपाल
कोलम्बो : श्रीलंकामा जारी एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिता अन्तर्गत समूह चरणको दोस्रो खेलमा नेपाल बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ। बंगलादेशले टस जितेर नेपाललाई पहिला ब्याटिङको निम्ता दिएको छ।
पहिलो खेलमा श्रीलंकासँग ५ किवेटले पराजित भएको नेपालले सेमिफाइनलमा स्थान सुरक्षित गर्न बंगलादेशलाई जित्नै पर्ने दबाब छ । नेपालको समूहमा आयोजक श्रीलंका, बंगलादेश र यूएई छन्। भदौ २८ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपालले समूह चरणको अन्तिम खेल यूएईसँग भदौ २४ गते खेल्नेछ। राउन्ड रोविन लिगका आधारमा खेलिने खेलमा समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन्।
अघिल्लो संस्करणमा नेपाल सेमिफाइनलमा पुगेको थियो।