लजालु स्वभावकी टेनिस खेलाडी

लजालु स्वभावकी टेनिस खेलाडी

नाओमी ओसाका विश्वप्रसिद्ध टेनिस खेलाडी हुन्। उनको जन्म सन् १९९७ मा तामाकी ओसाका र लियोनार्द फ्राङ्को सन्तानको रूपमा जापानमा भएको थियो। उनकी आमा जापानी थिइन् भने बाबु हैटीका नागरिक थिए।

ओसाकाकी एक दिदी छन्। उनी पनि टेनिस खेलाडी नै हुन्। ओसाका तीन वर्षकी हुँदा उनको परिवार न्युयोर्कमा बसाइ सरेको थियो। उनका बुवा आफ्ना छोरीहरूलाई सेरेना विलियमका दिदीबहिनी जस्तै टेनिस खेल्नको लागि प्रेरित गर्दथे।

सेरेनाका बुबा रिचार्ड विलियमले आफ्ना छोरीहरूलाई विश्वका उत्कृष्ट खेलाडी बनाउन सहयोग गरे। तर उनले भने कहिल्यै टेनिस खेलेका थिएनन्। त्यस्तै ओसाकाका बुबालाई पनि टेनिसको बारेमा धेरै अनुभव थिएन। तर पनि उनले आफ्ना छोरीहरूलाई टेनिसको राम्रो खेलाडी बनाए।

अमेरिकामा गएपछि उनले नाओमी र मोरीलाई टेनिसको बारेमा कोचिङ कक्षा दिन सुरु गरे। सन् २००६ मा ओसाका परिवार फ्लोरिडामा बसाइ सर्‍यो। त्यतिबेला नाओमी करिब ९ वर्षकी थिइन्। त्यहाँ गएपछि उनले टेनिसको राम्रो प्रशिक्षण लिने अवसर पाइन्। उनले त्यहाँको सार्वजनिक कोर्ट पेम्ब्रोक पाइन्समा अभ्यास गरिन्। १५ वर्षको उमेरमा उनले आईएसपी एकेडेमीमा पेट्रिक टौमासँग काम गर्ने अवसर पाइन्। पेट्रिक टौमा एक टेनिस कोच हुन्। सन् २०१४ देखि भने उनले हारोल्ड सोलोमन टेनिस एकेडेमामा पढ्न सुरु गरिन्।

उनले १६ वर्षको उमेरदेखि व्यावसायिक रूपमा टेनिस खेल्न सुरु गरिन्। यूएस ओपन र अस्ट्रेलियन ओपनमा एक्लै आफ्नो वर्चस्व जमाउने उनी एक्ली टेनिस खेलाडी हुन्। उनी दाहिने हातले खेल्छिन्।

ओसाका महिला टेनिस संघ (डब्लूटीए)को एक नम्बर र्‍याङ्किङमा छिन्। उनले अस्टे«लियन ओपन, फ्रेन्च ओपन, विमवल्डन, यूएस ओपन जितेकी छिन्। उनी विश्वमा सबैभन्दा बढी रुचाइएकी टेनिस खेलाडी हुन्।

ओसाकाले अमेरिकाबाट खेल्न सुरु गरिन्। तर, उनका बाबुआमाले ओसाकालाई जापानबाट प्रतिनिधित्व गराउने निर्णय गरेपछि उनले जापानबाटै टेनिस खेलिन् र धेरै पुरस्कारहरू पनि जितिन्।

उनी जापानमा जन्मेको भए पनि जापानी र हैटीको संस्कृतिमा हुर्किइन्। अमेरिकामा बसेर पनि उनले सधैं जापानलाई धेरै माया गरिन्। उनलाई बहुजातीय पृष्ठभूमि र लजालु स्वभावकी टेनिस खेलाडी भनेर चिनिन्छ।

(एजेन्सीको सहयोगमा)


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.