चकचके बद्रीनाथ र बुधदेव

चकचके बद्रीनाथ र बुधदेव

बद्रीनाथ र बुधदेव दुवै १० वर्षका बालक हुन्। उनीहरू थोरै मन्द बुद्धिका छन्। दुवै जना अप्ना स्कुल नामक स्कुलमा पढ्छन्। उनीहरूले पढाइमा ध्यान दिँदैनन्। स्कुल जान पनि मन पराउँदैनन्। दुवै धेरै चकचके छन्। स्कुलमा शिक्षक र साथीहरूलाई सधैं दु :ख दिइरहन्छन्।

उनीहरूलाई शिक्षक र अरू कसैको गाली तथा सजायले पनि असर गर्दैन। त्यसैले स्कुलको प्रिन्सिपलले सधैं उनीहरूलाई निसाना बनाइरहन्छन्। उनीहरू सधैं चलाखीपूर्ण तरिकाले खेल खेल्छन्। शिक्षकहरूलाई उल्लु बनाउँछन्। विभिन्न कारणले सधंै समस्यामा पर्ने गर्छन्। तर सधैं आफ्ना समस्या आफैं समाधान पनि गर्छन्।

उनीहरूले आफ्ना साथी र शिक्षकहरूलाई दु :ख दिने कुनै पनि मौका छाड्दैनन्। उनीहरूको बदमासीको कारण शिक्षकहरू पनि हैरान भइसकेका हुन्छन्। यो भारतीय एनिमेटेड टेलिभिजन शृंखला हो। यसको निर्देशन आशिष मल, मयंक पटेल र अभिनास वाल्जेटले गरेका हुन्। यसको प्रदर्शन जिक्युमा सन् २०१५ देखि २०१७ सम्म भएको थियो। यो कार्टुनलाई विग म्याजिकमा पनि प्रदर्शन गरिएको थियो। यसका एक सय ५६ एपिसोडहरू छन्। यो कार्टुनको प्रदर्शनको समयावधि ११ मिनेट छ।

यसका पात्रहरू

बद्रीनाथ  : बद्रीनाथ यो कार्टुनको मुख्य पात्र हुन्। उनी आफ्ना साथीहरूमा बफादार मानिन्छन्। उनलाई पढ्न र स्कुल जान मन पर्देन।

बुधदेव : बुधदेव पनि कार्टुनको प्रमुख पात्र हुन्। उनी लजालु स्वभावका हुन्छन्। उनी सधैं आफ्नो साथी बद्रीमा भर पर्छन्। बद्रीजस्तै उनी पनि आफ्ना साथीहरूप्रति बफादार छन्। उनलाई पनि पढ्न र स्कुल जान मन पर्दैन।

दुवेजी  : दुवेलाई दुवेजी भनेर चिनिन्छ। उनी स्कुलको कक्षा शिक्षक हुन्। उनी भोजपुरी बोल्छन् र बिहारबाट आएका हुन्। उनी मोटा छन्। उनी बद्री र बुधलाई सधैं कुखुरा (मुर्गा) बनाएर सजाय दिन्छन्।

राठी सर  : मक्खन सिंह राठीलाई राठी सर भनेर चिनिन्छ। उनी अप्ना स्कुलको प्रिन्सिपल हुन्। उनी हरियाणाबाट आएका हुन्। सधैं हरियाणाको भाषा बोल्छन्। उनी सधैं ‘प्रिन्सिपल हुँ म’ भनिरहन्छन्।

बिन्द्या मेडम  : बिन्द्या स्कुलको आर्ट शिक्षक हुन्। उनी कलकत्ताबाट आएकी हुन् र उनी हिन्दी र अंग्रेजी बोलेको समयमा केही बंगाली पनि मिसाइहाल्छिन्।

पटेल र पाटिल  : पाटेल स्कुलको पियन हुन्। उनी इमानदार छन्। बोडीगार्ड पाटिल भने धेरै अल्छी छन्।

ज्ञान सिङ  : उनी स्कुलको धेरै प्रतिभाशाली विद्यार्थी हुन्। उनी पञ्जाबबाट आएका हुन्।

माइरा र साइरा  : माइरा र साइरा स्कुलका राम्रा दिदीबहिनीहरू हुन्।

जिभा  : जिभा कक्षामा सबैभन्दा मोटो केटा हुन् र उनी भकभकाएर बोल्छन्। उनी आफूलाई धेरै शक्तिशाली मान्छन् तर वास्तवमा उनी एकदम डराउँछन्।

मुकेश, रमेश र गणेश  : उनीहरू जिभाका साथीहरू हुन्।

सविना  : उनी कक्षाको मोनिटर हुन् र धेरै जिम्मेवार पनि छिन्।

करन  : करन धेरै स्टाइलिस केटा हुन्। उनी अमेरिकाबाट आएका हुन् र सधैं आफ्ना बुवाले अमेरिकाबाट ल्याइदिएको सामान देखाउने गर्छन्।

योगा सर  : योगीराज सर अप्ना स्कुलको योगा शिक्षक हुन्।

मिस्टर क्रिस्नान्  : उनी अप्ना स्कुलको ल्याब असिस्टेन्ट हुन्। उनी प्रतिभाशाली र जिम्मेवारी छन्। उनी केरेलाबाट आएका हुन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.