५८ लाख बिगोसहित २ जनाविरुद्ध सम्पत्ति शुद्धिकरण मुद्दा
![५८ लाख बिगोसहित २ जनाविरुद्ध सम्पत्ति शुद्धिकरण मुद्दा](https://annapurnapost.prixacdn.net/media/albums/money-laundering-office_20180807004456_iGxk4wK83p.jpg)
काठमाडौं : सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले करिब ५८ लाख बिगोसहित दुई जनाविरुद्ध मुद्दा दायर गरेको छ। बृजकिशोर कुमार र विरेन्द्रप्रसाद यादवविरुद्ध सम्पत्ति शुद्धिकरण कसुरमा विशेष अदालतमा मुद्दा दायर गरिएको हो।
गत जेठ २७ गते जिल्ला प्रहरी कार्यालय बाराले भारतबाट मोटरसाइकलमा नेपाल ल्याइँदै गरेको अवस्थामा स्रोत नखुलेको ५७ लाख ७९ हजार ४९० रुपैयाँसहित बृजकिशोरलाई पक्राउ गरेको थियो।
बृजकिशोर र विरेन्द्रप्रसादको आपसी मिलोमतोमा त्यो रकम ल्याएको विभागको अभियोग पत्रमा उल्लेख छ। यो रकममो स्रोत खुलाउन नसकेपछि उनीहरुलाई बरामत मोटरसाइकल जफत गरी कारवाही चलाउन मागदाबी विभागले गरेको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)