लमजुङमा चाँडै टिप्न थालियो अलैंची

लमजुङमा चाँडै टिप्न थालियो अलैंची

बेंसीसहर : लमजुङमा अलैंची टिप्न थालिएको छ। ७०० देखि १ हजार २०० मिटर उचाईमा लगाइएको अलैंची टिप्न थालिएको हो। 

डम्बरसाई र जिर्मले जातको अलैंची पाकेकाले टिप्न सुरु गरिएको ताराचोकका किसान डम्बरसिंह अधिकारीले बताए। ‘धान गोडेर र कोदो रोपेर सकियो, अब अलैंची टिप्न सुरु भयो’, अधिकारीले भने,‘यो वर्ष छिटो नै अलैंची पाक्यो, टिप्नपनि छिटो नै भयो।’

ताराचोकका १५ किसानले २० रोपनी क्षेत्रफलमा अलैंची खेती गरेका छन्। ‘गाउँका सबै किसानलाई अलैंची टिप्न चटारो भएको छ’, स्थानीय इन्द्रप्रसाद तामाङले भने। स्थानीयले खेर गइरहेको पाखोबारी र धान खेत मासेर अलैंची लगाएका छन्। 

अलैंची खेतीबाट मनग्य आम्दानी हुन थालेपछि बसाइँ सरेर गएका मानिसहरु समेत गाउँ फर्केका छन्। गाउँले बसाइँ सरेपछि ६ घरपरिवारमात्रै रहेको भुलभुले ९ लुदी गाउँमा अहिले १९ घरपरिवार छन्। स्थानीय रामप्रसाद तामाङका अनुसार सहरबजार झरेकासमेत गाउँ फर्केर अलैंची खेतीमा लागेका छन्। 

लुदी गाउँभरि ४०० रोपनीभन्दा बढी ठाउँमा अलैंची लगाइएको छ। तामाङका अनुसार अलैंची खेतीका लागि लुदी अलैंची कृषक समूह गठन गरेर सामूहिक रूपमा खेती गरिँदै आएको छ।

लमजुङमा करिब ११ सय हेक्टर जमिनमा अलैंची खेती गरिएको छ। यी मध्ये ८०० हेक्टरमा लगाइएको अलैंचीले उत्पादन दिएको छ। अलैंची खेतीको बिस्तार तीव्र रूपमाअघि बढेको र यसका लागि अनुदानमा बीउ र बेर्ना वितरण गर्ने गरिएको छ। 

गत वर्ष उत्पादित ७ सय ५० क्विन्टल अलैंची दाना बिक्रीबाट पाँच करोड २५ लाख रुपैयाँ आम्दानी गरेको थियो। लमजुङका कृषहरुले पाँच  करोड २५ लाख रुपैयाँ आम्दानी गरेका छन्। प्रति किलो अलैँची दाना ६ सय रुपैयाँका दरले बिक्री भएको थियो। यो वर्ष कृषकहरुले ७ लाख नर्सरी अलैँचीका बिरुवा बिक्री गरेका छन्। 

बिरुवा बिक्रीबाट किसानले ३५ लाख रुपैयाँ आम्दानी गरेका छन्। अलैंची व्यवसायी महासंघ लमजुङका अध्यक्ष अजय तामाङले किसानको बारीमा पुगेर अलैंची टिप्ने र ग्रिडिङ गर्ने प्रविधिबारे सिकाइएको बताए। 

नेपालको अलैंचीलाई यूएई, पाकिस्तान र बंगलादेश पठाउनका लागि ट्रेडमार्कमा दर्ता गरिएकाले बजार पाउने सम्भावना रहेको उनले बताए। उनले नेपालमै लमजुङको अलैंची उत्कृष्ट ठहरिएकोसमेत बताए। तामाङका अनुसार अघिल्ला बर्षहरुको तुलनामा गत वर्षदेखि अलैंचीको मुल्य घट्दा किसानहरु चिन्तित बनेका छन्। २ हजार पाँचसय रुपियाँसम्म पुगेको अलैंचीको मुल्य हाल ६०० रुपियाँमा झरेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.