लोकसेवा आयोगका पूर्व अध्यक्ष राईको मृत्यु
काठमाडौं : लोकसेवा आयोगका पूर्व अध्यक्ष सन्तबहादुर राईको निधन भएको छ ।
साेमबार बिहान १ : ४० बजे पाटन अस्पतालमा उपचार गराउने क्रममा उनको मृत्यु भएको हो । लोक सेवाको संस्थागत विकासमा महत्वपूर्ण योगदान दिएका ८४ वर्षीय राईको अल्जाइमरबाट ग्रसित थिए ।
लोकसेवा आयोगको सदस्य हुँदै अध्यक्ष भएका राई हकी स्वभावका व्यक्ति रहेको लोक सेवाका पूर्व सदस्य डा। गोविन्दप्रसाद कुसुमले जानकारी दिए । २०४६ सालको प्रजातन्त्रको पुनस्थापनापछि उनी लोकसेवामा प्रवेश गरेका थिए ।
तत्कालिन पञ्चायत तथा स्थानीय विकास मन्त्रालय, आवास तथा भौतिक योजना मन्त्रालय, आपूर्ति मन्त्रालयका सचिव हुँदै लोकसेवा प्रवेश गरेका राईलाई राम्रो भनेर टिप्पणी हुने गरेको छ । उनी दुई कार्यकाल लोक सेवा आयोगको अध्यक्ष भएका थिए ।
‘उहाँ कसैले भनेको नमान्ने, निडर, हुनुहुन्थ्यो, उनले भने, ‘उहाँले लोकसेवालाई कसैको प्रभावमा पर्न दिनु भएन।’
१९९३ कार्तिक १९ गते संखुवासभाको खाँदबारी–४ स्यामदाङ पामा गाउँमा जन्मिएका राई परिवार हाल ललितपु महानगरपालिका ४ जावलाखेलमा बस्दैआएको छ । राईका दुई छोरी छन् । उनको श्रीमतीको यसअघि नै निधन भइसकेको छ ।