डेंगुको अफवाहले बिरामी भयभीत

डेंगुको अफवाहले बिरामी भयभीत

ललितपुर : ललितपुरका विभिन्न अस्पतालमा डेंगु लागेका ६५ बिरामी उपचाररत छन् । २० जना ललितपुरकै रहेको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख खगेश्वर गेलालको भनाइ छ ।

यो रोगको औषधि र उपचार नभएकाले सिटामोल, जीवनजल मात्र प्रयोग गर्न गेलालले सुझाएका छन् । उनका अनुसार बिरामीको रगत बाक्लो भएको खण्डमा सलाइन लगाउनेबाहेक अन्य उपचार छैन । स्वास्थ्य कार्यालयले सोमबार सरोकारवालासँग डेंगु नियन्त्रणका विषयमा छलफल चलाएको छ । डेंगु लाग्दैमा बिरामीको मृत्यु भइहाल्छ भन्ने भ्रम फैलिएकाले वास्तविक कुरा बुझाउन कार्यक्रम आयोजना गरिएको गेलालले सुनाए । अफवाहका कारण बिरामी भयभीत बनेको स्वास्थ्यकर्मीले बताएका छन् ।

ललितपुरमा सुरुमा धापाखेलस्थित जेम्स स्कुलका एक विद्यार्थीलाई डेंगु संक्रमण देखिएको थियो । ‘यो संख्या २० पुगिसकेको छ’, गेलालले भने, ‘काठमाडौंको तुलनामा ललितपुरमा संक्रमितको संख्या न्यून छ ।’ ललितपुर महानगरपालिका र महालक्ष्मी नगरपालिकामा डेंगुका बिरामी देखिएका छन् । गोदावरी नगरपालिकाले बिरामीबारे रिपोर्ट नभएको जनाएको छ ।

नेपालमा सन् २००४ सम्म डेंगु देखापरेको थिएन । यसले सन् २००६ मा चितवनमा महामारीको रूप लिएको थियो । एडिस एजिप्टाई जातको लामखुट्टेले टोकेपछि डेंगु संक्रमण हुन्छ । यसलाई ‘टाइगर मस्किटो’ पनि भनिन्छ । अन्यभन्दा यो लामखुट्टे ठूलो र कालोसेतो (छिर्केमिर्के) हुन्छ । विज्ञका अनुसार यसले एक जनालाई मात्र टोकेर चित्त बुझाउँदैन । सामान्यतः उज्यालोमा टोक्ने गर्छ ।

एउटाले उसको जीवनकालमा ५ सयदेखि १ हजारवटा अण्डा पार्छ । उनीहरूको आयु कम्तीमा ३० दिनको हुन्छ । कालो रंग रुचाउने भएकाले काला भाँडामा जमेका पानीमा धेरै अण्डा पार्ने जानकार बताउँछन् । संक्रमित लामखुट्टेले हुर्काएका सबै बच्चा संक्रमित हुन्छन् ।

लामखुट्टेलाई अण्डा पार्न प्रोटिन चाहिन्छ । त्यही भएर सबैभन्दा उपयुक्त मान्छेको रगत हुन्छ । यसले टोकेको ७ देखि १० दिनमा असर देखिन थाल्छ । डेंगु समस्या भएका ९० प्र्रतिशतमा कुनै लक्षण देखिँदैन । लक्षण नदेखिएकालाई टोकेर अरूलाई टोकेको खण्डमा पनि डेंगु सर्न सक्छ । डेंगु लागेका सयमा दुई जनाभन्दा कमलाई मात्रै जटिल हुने भनाइ उनको छ ।

संक्रमणको ३ देखि १० दिनसम्म उच्च ज्वरो आउँछ । वाकवाकी लाग्नु, पेट दुख्नु, आँखाको गेडी निस्केलाझैं दुख्नु, जीउ, जोर्नी दुख्नु, रातोरातो बिमिरा देखिनु यसका लक्षण हुन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.