ब्रिटिस कलेजका ३२९ विद्यार्थी दीक्षित

ब्रिटिस कलेजका ३२९ विद्यार्थी दीक्षित

काठमाडौं : द ब्रिटिस कलेजका ३२९ जना विद्यार्थी दीक्षित भएका छन् । दीक्षित हुनेमा ५१जना बिबिए (हन्स) बिजनेस एण्ड म्यानेजमेन्ट, ४८ जना एमएस्सी इन्टरनेशनल बिजनेस म्यानेजमेन्ट (द युनिभर्सिर्टी अफ द वेस्ट अफ इंग्ल्याण्ड, ब्रिस्टल), २३० जना बिएस्सी (हन्स) कम्प्युटिङका विद्यार्थी रहेका छन्।

यो वर्षमा सबैभन्दा धेरै विद्यार्थी दीक्षित भएको कलेजका अपरेशन डाइरेक्टर महेन्द्रराज कडेँलले जानकारी दिए। कार्यक्रममा द ब्रिटिस कलेजका प्रिन्सिपल जोए फोस्टर एलिसले दीक्षित विद्यार्थीलाई शुभकामना दिए।यस्तै द ब्रिटिस कलेजका सिइओ तथा संस्थापक राजन कँडेलले नेपालको शैक्षिक क्षेत्र विकासका लागि नेपालभरी गुणस्तरीय शिक्षा प्रदान गर्ने योजना रहेको प्रष्ट पारे।

उनले भूतपूर्व विद्यार्थीका लागि कलेजले सधैं सहयोग गर्ने वाचा गरेका थिए। उनले कलेजमा रहेको 'अल्मुनाई'मा आवद्ध हुनका लागि समेत विद्यार्थीलाई अनुरोध गरे। त्यस्तै, नेपालका लागि राजदूत रिचार्ड मोरिसले ब्रिटिस कलेजले नेपालमा अन्तर्राष्ट्रिय रुपमा ख्याति प्राप्त बेलायती विश्वविद्यालयको सम्बन्धन लिएर नेपालमै विदशी डिग्री प्रदान गरेर उल्लेखनीय काम गरेको बताए।

समारोमा द एमस्सी इन्टरनेशन बिजनेश म्यानेजमेन्ट एण्ड बिबिए (हन्स) बिजनेस एण्डका विद्यार्थीलाई यूनिभसिर्टी अफ वेष्ट इंग्ल्याण्डका कार्यकारी डिन म्याक डोउलले दीक्षित गरेका थिए । त्यस्तै बिएएस्सी (हन्स) कम्प्युटिङ) लाई लिड्स बेकेट यूनिभसिर्टीका उपकूलपति तथा प्रोफेसर एन्ड्रीउ स्लेड्सले दीक्षित गरेकी थिइन्। 

द एमस्सी इन्टरनेशन बिजनेश म्यानेजमेन्ट तर्फबाट दीक्षित भएकी कुसुमश्री निरौलाले द ब्रिटिस कलेजले दिएको अवसर र अनुभवले आफूलाई अगाडी बढ्न कडीको काम गर्ने बताइन्।

प्रमुख अतिथि अर्ल अफ स्याण्डबीच जोन एडवर्ड हलिस्टर मोन्टागुले ब्रिटिस कलेजले भौतिक परिवर्तनभन्दा पनि दिमाग र हृदयमा हुने परिवर्तनलाई बुझ्नुपर्ने बताए।उनले दीक्षित विद्यार्थी कर्मशिल भएर काम गर्न प्रेरणा समेत दिए । यस्तै द ब्रिटिस कलेज परिवारले दीक्षित भएका विद्यार्थीलाई बधाइ दिँदै सफल भविष्यको कामना गरे।

कार्यक्रममा माइकल रटल्याण्ड ओबिइ (भुटानका लागि ब्रिटिस अनरी काउन्सेल तथा द ब्रिटिस कलेजका सल्लाहाकार), द ब्रिटिस कलेजकासिइओ तथा संस्थापक राजन  कँडेल,कलेजकाअपरेशन डाइरेक्टर महेन्द्रराज कडेँल, पाउलक्लिभेस (इटोन कलेजकापुर्व भुगोल प्रमुखतथा द ब्रिटिस कलेजका सल्लाहाकार), डाक्टर चिरन थापा (मान्यताप्राप्तशिक्षाविद् तथा द ब्रिटिस कलेजका सल्लाहाकार),पूर्व शिक्षामन्त्रीगंगालालतुलाधर, एच. ही रिचार्ड मोरिस (नेपालकालागि बेलायती राजदूत), अनुबन्धप्राप्तविश्वविद्यालयकाप्रतिनिधिहरुमा लिड्स बेकेट यूनिभसिर्टीका डेपूटीउपकूलपतितथाप्रोफेसर एन्ड्रीउ स्लेड्स, यूनिभसिर्टी अफ वेष्ट इंग्ल्याण्डका कार्यकारीडिन रेमण्ड म्याक डोउलको उपस्थिति थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.