वर्तमान सरकार पूर्ण रुपमा असफल भयो : शेरबहादुर देउवा
विराटनगर : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकार पूर्ण रुपमा असफल भएको ठोकुवा गरेका छन् ।
केपी शर्मा ओलीको नेतृत्वमा रहेको वामपन्थी सरकारले प्रजातन्त्रको मुल्य मान्यता विपरीत मुलुकलाई कम्युनिस्ट राज्य बनाउन लागेको उनको आरोप छ । साथै देउवाले वर्तमान सरकार मुलुकमा संविधानको मर्म विपरीत अघि बढेर तहसतहस बनाएको बताए ।
यस्तै संवैधानिक वाटो वाइपास गरेर मुलुकमा अराजकता मच्चाउन खोजे आफूहरु चुुप लागेर नबस्ने उनको चेतावनी छ । सरकारले स्वतन्त्र प्रेस, न्यायपालिका, मानवअधिकार जस्ता लोकतन्त्रका आधार स्तम्भलाई क्रमिक रुपमा हस्तपेक्ष गर्दै लोकतन्त्रलाई नै सखाप बनाउन लागेको नेता देउवाको दावी छ ।
यसबाहेक उनले आफ्नो पार्टी कांग्रेसका विभागको गठन महाधिवेशनअघि नै हुने बताएका छन् । विराटनगर विमानस्थलमा उनले पत्रकारहरुसमक्ष यस्तो बताएका हुन् ।