नेपालमा न पुँजीवाद चल्छ न साम्यवाद: प्रदीप गिरी (भिडियो)

नेपालमा न पुँजीवाद चल्छ न साम्यवाद: प्रदीप गिरी (भिडियो)

काठमाडौं : नेपाली कांग्रेसका नेता प्रदीप गिरीले स्व.नेता विश्वेश्वरप्रसाद कोइराला (बीपी)लाई सम्झेका छन्। मंगलबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै नेता गिरीले बीपीको संझना गरेका हुन्।

भाषण जस्ताको त्यस्तै

आजै दिन। आजभन्दा १०५ वर्ष अघि यस नेपालमा एउटा मनुष्यको जन्म भयो। उहाँको नाम थियो, विश्वेश्वरप्रसाद कोइराला। नेपाली समाजमा उहाँलाई महामानव भन्ने पनि चलन छ। आजकै दिन उहाँलाई म आफ्नो श्रद्धासुमन टक्रयाउन  चाहन्छु।

त्यति मात्र होइन। खास उहाँको ऐतिहासिक महत्त्व किन हो। किन यस संसदले उहाँप्रति श्रद्धा र आभार पेश गर्नुपर्छ भन्ने कुरा पेश गर्न चाहन्छु। बीपीको जीवन नेपाली इतिहासमा खुला किताब जस्तै छ। उहाँको जन्म, उहाँको किताबको प्रताडन, हिन्दुस्थानको आन्दोलनमा भाग लिएको तथ्य, राणाशासनविरुद्ध गर्नुभएको संघर्ष, राजा त्रिभुवनका महत्वकांक्षाविरुद्ध कानुनी र शान्तिपूर्ण तरिकाले लडेको लडाई, १५ सालको आमचुनाव, राजा महेन्द्रबाट ८ वर्ष कैद र अर्को ८ वर्ष निर्वासन।

यी सब कुरा करिब हामीलाई थाहा छ। म ती थोरै सौभाग्यशाली युवकमध्ये हुँ। जसले उहाँसँग थोरै सहकार्य गर्ने मौका पाए । मैले उहाँको जीवनलाई नजिकबाट हेर्ने सौभाग्य पाए। सारा इतिहासका निमित्त उहाँ स्मरणीय हुनुहुन्छ। भाषाका लागि ठीक स्मरण होइन प्रातस्मरणी हुनुहुन्छ। यो भन्दा पनि महत्वपूर्ण कुरा बीपीको जीवनमा आजको मितिमा आजको नेपाललाई केन्द्रीय अवधारणा छ। आज नेपालमा विद्यमान रहेको नेपालको संविधानले आफूलाई समाजोउन्मुख भएको घोषणा गरेको छ।

बीपीले आजीवन आफूलाई समाजवादीका रुपमा प्रस्तुत गरे। त्यही दिशामा उहाँको अध्ययन, उहाँका प्रशिक्षण, उहाँका लेख र उहाँको पढाइ केन्द्रित रहे। म यस सम्मानित संसदलाई सम्मानित सभामुखको माध्यबाट सरोकार राख्ने सबैलाई विभिन्न पार्टीका अध्यक्ष, सह-अध्यक्ष प्रधानमन्त्रीलगायतलाई आजका दिनमा एकपटक बीपीका अवधारणालाई संझिनका लागि नम्र प्राथना गर्दछु।बीपीको सुदूर्ग ऐतिहासिक जीवनको एउटा यस्तो तिथिको उल्लेख गर्न चाहन्छु जुन मेरा नजरमा सबैभन्दा महत्वपूर्ण छ। राणा शासनको कालकठोर आमरण अनसन गरेको तिथि होइन, १५ सालको चुनावमा गिरफ्तार भएको तिथि होइन,१९५३ मा उहाँ एसियाली समाजवादी सम्मेलन स्थापना गर्ने क्रममा रंगुन पुगे। आफ्ना अन्‍ने सहयोगी कृष्णप्रसाद भट्टराई र आफ्नी धर्मपत्नी शुशिला समेतलाई लिएर रंगुनमा उहाँले एसियाली समाजवादी सम्मेलन स्थापना र त्यसलाई संबोधन पनि गरे।

यो मैले आज भन्नु किन परेको छ भने विकासको कुरा भइरहेको छ।चीन र भारतको विकास कुरा भइरहेको छ। उनीहरुको वृद्धिदरको कुरा भइरहेको छ।अमेरिका हिजोको रुसले उन्नति गरेको कुरा हुँदैछ। विनम्रतापूर्वक निवेदन गर्न चाहन्छु, बीपी समाजवादको त्यो धाराको प्रतिवाद गर्नुहुन्थ्यो जसले बराम्बर भन्नुहुन्थ्यो विकास भनेको, प्रगति भनेको, समाजवाद भनेको मनुष्यलाई केन्द्रमा राखेर गरिने कुरा हो।

बीपीको उद्धरण धेरैलाई थाहा हुनसक्छ। विकास एउटा आर्थिक राजनीतिक प्रक्रिया मात्रै होइन। विकास एउटा मानवीय प्रक्रिया हो। मनुष्यलाई बढी नगराउन्जेल यहाँका उत्पीडितलाई अधिकार नदिउन्जेल, सबैको नाममा गाँस, बास, कपास र शिक्षाको  व्यवस्था नगरुन्जेल समाजवादको नाममा यसो गर्छु उसो गर्छु भन्ने हावा कुराको मतलव छैन।

बीपीले यो कुरा भनेको १९५३ मा हो। त्यसपछि आज झन्डै झन्डै १७ वर्ष पुग्न आटेको छ। १७ वर्षमा विश्वले कोल्टे फेरिसकेको छ। कुनै समय विश्व समाजवादको राजधानी ठहरिएको सोभियत युनियन भंग भएको छ। लगत्तै माओत्सुङको सिद्धान्तलाई छोडेर विकासको नाममा एउटा पूँजीवादको नक्‍कल गरेर आत्मघाती बाटो जाँदै थियो।  त्यतिबेला बीपीले एसियाली समाजवाद सम्मेलनमा दुईचार कुरा भन्नु भएको थियो।त्यो संझना उठेको छ।कुनै पनि विकास, कुनै पनि समाजवादी, कुनै पनि साम्मेवाद मनुष्यलाई केन्द्रमा राखेर गर्नुपर्छ।मनुष्य साध्य हो। मनुष्य साधन होइन।केही हुँदैन। विकास हुँदैछ। दुई चार मानिस मरे मरुन। दुई चारवटा महिला बलात्कार होउन भन्न पाइदैन। प्रत्येक मानिस साध्य हो। त्यो बीपीको मान्यता छ।

बीपीको हो त्यो मान्यतालाई अगाडी बढाउँदै उहाँका सहकर्मी भारतका जयप्रकाश नारायण डा. रामन रोहियाजस्ता व्यक्तिले विशाल सिद्धान्तको भण्डारण खडा गरेका छन्।विश्‍वमा आज विकासको वैकल्पिक सिद्धान्त बाटोमा हिडौं भन्ने माग छ। बीपीले बारम्बार भन्नुभयो विकासको पश्‍चिमा नक्‍कली गरेर, घोर प्रणाली नक्‍कल गरेर, अमेरिकी सिस्टम नक्‍कल गरेर
तत्कालिन अवस्थाको रुसको नक्‍कल गरेर नेपालको बाटोमा पुग्न सक्दैन।

यो के भनेको हो। म नेपालका पीएचडी, डाक्टरलाई, बुद्धिजिविलाई, विद्वानलाई, प्रधानमन्त्री र राष्ट्रपतिलाई यस विषयलाई मनन गर्न अनुरोध गर्दछु। अब समय अभाव छ। ३ कुरामा बीपीले जोड दिनुभयो। पहिले देवकोटाको शब्दमा भन्ने हो भने आर्त रहेका चराइरहेका घाउमा मलम लगाउ।प्रत्येक व्यक्तिको आँखाको आँशु  सुकोस। त्यसलाई विकासका नाममा नबढाउ।बीपीले भन्नु भएको थियो। गाउँमा एउटा गाई होस्। ५० वर्षमा कहाँबाट कहाँ पुगिसक्यो।अब गाउँको कुरा रहेन। मुख्य कुरा के भन्न खोजिएको हो भने गाउँमा रहेको बेरोजगारी बेरोजगारी मात्र होइन अर्ध बेरोजगारी, अर्ध बेरोजगारी मात्र होइन भोक्त बेरोजगारीको यी तीनवटालाई संवोधन गर्नुहोस्। वृद्धिदरका नाममा ठूल्ठुला हवाई जहाज, ठूला एयरपोर्ट चाहिँदै, यी बीपीका शब्द हुन् मेरा शब्द होइनन्।ठूल्ठुला मनोरेल र ठूल्ठूला जहाजका कुरा गरिकन जनतालाई भ्रमित नबनाउनुहोस्। बारम्बार भनिन्छ, उत्पादनबिना वितरण हुँदैन।

एकदम सही हो।बीपीमा पनि भेटिन्छ। उत्पादानबिना वितरण हुँदैन। तर केको उत्पादन। अन्नमा परनिर्भर, दूधमा परनिर्भर, फलफूललमा परनिर्भर, कपडामा परनिर्भर। गाउँका श्रम वेकार। वितृष्णका पेशा खाएर हामी बाँचिरहेका छौं। दुर्भाग्यवस हाम्रो लामो समयसम्म हाम्रो पार्टीको शासन हुँदा पनि हामीले बीपीका विचारलाई समुचित स्थान दिन सकेनौं। समय पनि त्यस्तै थियो। भूमण्डलीकरणको बाढीमा सोभियत युनियनको विगठनको भोलिपल्ट कोही पनि साहेद बजारमा कुबाटो हट्न सक्दैनथ्यो।मनमोहन अधिकारीको सरकार पनि हटेन। गिरिजाबावुको सरकार पनि हटेन।

तर अहिले आएर हामीले ४० वर्षमा देख्दैछौं ।कथाकथित वृद्धिदरका नाममा हामी कहाँ पुग्दछौं। यसैले आज बीपीका अन्य महानतालाई आफ्नो ठाउँमा पूजा गर्दै म विनम्रतापूर्वक के भन्न चाहन्छु भने विकासले बीपी कोइरालाले देखाउनुभएको वैकल्पिक बाटोका तर्फ यस सरकार जुटोस्। सर्वप्रथम मुलुकमा रोजगार कायम गरोस। सुशासन कायम गरोस्। मुलुकलाई अनाहक ऋणको बोझमा पारेर अनाहक सपना देखाएर सिंगापुर र स्वीजरल्याण्डको सपना देखाएर होइन नेपाललाई नेपाल बनाउने संकल्पमा मुलुकलाई लैजाओस्। त्यही आशाले पञ्चायतकालका लामो परम्परा, बीचका अवधिका अलमलका विरुद्धमा वर्तमान सरकारले जनअधिकार मताधिरका पाएको छ।आज बीपीलाई संझिकन म चाहन्छु यस संसदले पनि उहाँप्रति सम्मान गरोस्।बीपी कुनै दलको नेता होइन। बीपी सिंगो मुलुको नेता हुन्।

संसदले सम्मान गर्ने क्रममा हामीले कमसेकम बीपीको विचारको अध्ययन गर्ने सुरुवात गरौं।बीपीको मात्र होइन मनमोहनको गरौं पुष्पलालको गरौं।नेपाललाई साच्चि नै तेस्रो बाटो देखाउऔं। पुँजीवादको बाटो चल्दैन।पुँजीवाद अनुकरण गरेर हिँडेका साम्यवाद बाटोले पनि चल्दैन। सोभियत, रुस, चीन अमेरिका भारत विकास रङमङमा हामी न रङमङिऔ।त्यसतर्फ ध्यान दिऔ। बाटो लामो छ।जस्तै लामो समय पनि पहिलो डेगबाट हिँड्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.