अन्तिम खेलमा नेपालको फराकिलो जित

अन्तिम खेलमा नेपालको फराकिलो जित

काठमाडौं : एसीसी यू–१९ एसिया कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले यूएईमाथि १६० रनको फराकिलो जित निकालेको छ ।

टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ५० ओभरमा ९ विकेट गुमाउँदै २८५ रन बनाएको थियो । जवाफमा यूएईले ३४.४ ओभरमा सबै विकेट गुमाउँदै १२५ रन मात्र बनाउन सक्यो ।
नेपालका लागि कप्तान रोहित पौडेलले ६७ रन बनाए । उनले ८३ बलमा ८ चौका र १ छक्का हिर्काए । 

सुरुवाती दुई ब्याट्स्म्यान शून्य रनमै गुमाएको नेपालले त्यसपछि सम्हालिएर खेलेको थियो । ओपनर रित गौतम पहिलो बलमै आकाश ताहिरको बलमा क्याच आउट भएका थिए । त्यस्तै पवन सर्राफले ११ बलको सामना गर्दा रन नबनाई पेभिलियन फर्किए ।तेस्रो र नम्बरमा आएका आसिफ शेख र कप्तान रोहित पौडेलले नेपालको इनिङ उकासेका थिए ।

कप्तान रोहितसँग ८६ रनको साझेदारी गरेका सन्दीप जोराले विष्फोटक ब्याटिङ गर्दै ४८ रन जोडे । त्यस्तै रसिद खानले ४४, कमलसिंह ऐरीले ४१ र कुशल मल्लले २२ रन जोडे ।
२८६ रनको विजय लक्ष्य पछ्याएको यूएईले सुरुवातमा सुस्त ब्याटिङ गरेको थियो । ओपनरद्वय सयद हाइदर र निल लोबो सस्तैमा समेटिए पनि तेस्रो नम्बरमा आएका भ्रित्य अरविन्दले आक्रामक ब्याटिङ गर्दै आफ्नो टिमलाई आशा जगाएका थिए । उनले ३४ बलको सामना गर्दै २८ रन जोडे । 

यूएईका एलिसन सराफुले टिमका लागि २१ रनको योगदान गरे । त्यस्तै ओसामा हसनले १६ रन जोडे । नेपाललाई शानदार जित दिलाउन सागर ढकालले उत्कृष्ट बलिङ गरे । ७ ओभर बलिङ गरेका उनले २ मेडन राख्दै ३ विकेट लिए । उनले मात्र २० रन खर्चिए । 

त्यस्तै रसिद खान, पवन सर्राफ र सूर्य तामाङले २/२ विकेट लिए । ओपनिङ बलिङ गरेका कमलसिंह ऐरीको नाममा १ विकेट रह्यो । यसअघि समूह चरणको दुबै खेल गुमाएका दुबै टिम प्रतियोगिताबाट बाहिरिसकेका छन् ।

नेपालले पहिलो खेलमा श्रीलंकासँग पाँच विकेट र दोस्रो खेलमा बंगलादेशसँग ६ विकेटले पराजित भएको थियो । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.