प्रधानसेनापतिले सार्वजनिक गरे सम्पत्ति विवरण

प्रधानसेनापतिले सार्वजनिक गरे सम्पत्ति विवरण

काठमाडौं : नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले आफ्नो व्यक्तिगत सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।

सेनापति थापाले मंगलबार जंगीअड्डामा आयोजित समारोहमा  आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् । सेनापति थापाको सम्पत्ति विवरण सेनाको वेबसाइटमा राखिएको छ।

थापाले सेनापति जिम्मेवारी समालेकाे एक वर्ष पुरा भएको अवसर पारेर उनले सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् । यसरी सम्पत्ति विवरण सार्वजनिक गर्ने थापा नै पहिलो सेनापति हुन् ।थापाले नेतृत्व समालेदेखि नै संगठन सुदृढीकरण र शुद्धिकरणका लागि थुप्रै साहसिक कदम चाल्दै आएका छन्। 

थापाले आफूसहित श्रीमती र छोरीहरुको नाममा रहेको रकम, जग्गा र सुन, चँदी, शेयर लगायत सम्पत्तिको विवरण सार्वजनिक गरेका हुन् ।सेनाभित्र अनियमितता भएको आरोप लाग्ने गरेकाले त्यसलाई सुधार गर्न आफूले सम्पत्ति सार्वजनिक गरेको सेनापति थापाले बताएका छन् । उनले अन्य सैनिक अधिकारीलाई पनि सम्पत्ति सार्वजनिक गर्न सुझाव दिए ।

नेपाली सेनाको इतिहासमा सेनापतिले यसरी सम्पत्ति सार्वजनिक गरेको यो पहिलो पटक हो । थापाले भनेका छन्, ‘सेनाभित्र अनियमितता छ भन्ने आरोप लाग्छ । म यसलाई सुधार गर्छु । सेनाभित्रको अनियमितता र भ्रष्टाचार छानविन हुन्छ ।’

थापाको सम्पत्ति विवरणमा उनको साथमा २४ लाख नगद र ५५ तोला सुन रहेको बुझिएको छ । यस्तै ५९० तोला चाँदी र १० लाख बराबरको हार रहेको देखिन्छ । यस्तै विभिन्न बैंकमा संकलित रकम जम्माजम्मी २४ लाख रहेको उल्लेख छ ।

यस्तै उनले काठमाडौं, लमजुङ र नवलपरासीमा जग्गा रहेको पनि विवरणमा उल्लेख छ । यसबाहेक थापाले श्रीमती र छोरीको नाममा शेयरमा ४३ लाख रहेको पनि सार्वजनिक गरे । थापाले आफ्नो सम्पत्ति सार्वजनिकीकरणले गलत प्रवृत्तिलाई भत्काउन मद्दत पुग्ने आशा व्यक्त गरेका छन् ।

 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.