नेपालको  प्रवर्द्धन गर्न फोटो नेपाल

नेपालको  प्रवर्द्धन गर्न फोटो नेपाल

काठमाडौं : नेपाल पर्यटन बोर्डले मंगलबारदेखि फोटो नेपाल डट ट्राभलको सुरुवात गरेको छ। बोर्डले निर्माण गरेको ह्यास फोटो नेपालको अभियानअन्तर्गत उक्त वेबसाइटको सुरुवात गरेको हो। यो साइटको सुरुवात संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले गरेका हुन्।

बोर्डले चार वर्षदेखि नियमित रूपमा फोटो नेपाल प्रदर्शनीको आयोजना गरिरहेको छ। यसलाई थप प्रवद्र्धन गर्न र आकर्षित फोटो हेर्न, डाउनलोड गर्न, फेसबुकमा सेयर गर्न सकिने जानकारी बोर्डले दिएको छ। बोर्डका प्रमुख कार्यकारी प्रमुख दीपकराज जोशीले उक्त वेबसाइटको शुभारम्भसँगै फोटोमार्फत देशको प्रवद्र्धन अभियान अझै बढ्ने बताए। उनका अनुसार बोर्डको नेपाल प्रवद्र्धनको अभियानलाई यसले अर्को चरणमा पुर्‍याउन सहयोगी हुने उल्लेख गरे।

यो वेवसाइट फोटो ग्राफरका लागि आफ्नो फोटो प्रदर्शन गर्ने राम्रो प्लेटफर्म भएको, विज्ञ, वरिष्ठदेखि भर्खर फोटोको अभ्यास गरिरहेकालाई उपयुक्त हुने बोर्डले जानकारी दिएको छ। नेपालका विविध फोटो खोज्न सहज हुने, वेभसाइटमा भएको सर्च फिचर प्रयोग गरेर आफूलाई चाहेको फोटो खोज्न सकिनेछ।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.