नेता वामदेवलाई भएको के हो ?

नेता वामदेवलाई भएको के हो ?

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता वामदेव गौतमलाई रुघाखोकी लागेपछि गरिएको परीक्षणमा डेंगु वा भाइरल इन्फ्लुएन्जा नभएको चिकित्सकले बताएका छन्।

सिंगापुरबाट फर्के लगत्तै बिसञ्चो महसुस गर्दै नेता गौतम सोमबार अस्पताल जचाँउन पुगेका थिए। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु पुगेका गौतमको घाँटीको थ्रोट स्वाब परीक्षण गरिएको थियो। अस्पतालका प्रमुख कन्सल्ट्यान्ट डा. अनुप बास्ताेलाले भने,‘सामान्य रुघाखोकी लागेपछि आउनु भएको रहेछ। इन्फ्लुएन्जा हो की भनेर जाँच गरेको नेगेटिभ आयो।’ डेंगुका लक्षणसमेत नदेखिएको डा. बास्ताेलाले बताए।

अस्पतालका निर्देशक डा. वासुदेव पाण्डेले नेता गौतमलाई डेंगु भए/नभएको र्यापिड किट टेस्ट (आरडीटी)बाट जाँच गर्दा डेंगुको नभएको पुष्टि भएको बताए। उनले भने, ‘डेंगु नभएको पुष्टि पछि उहाँ (गौतम) फर्कनु भयो।’ अस्पतालबाट फर्केका गौतमलाई मंगलबार प्रकाशित केही दैनिक र अनलाइनले डेंगुका आशंका शीर्षकमा समाचार प्रकाशित गरेपछि पुुनः रगत जाँच गरिएको थियो।

नेता गौतमका छोरा हरिशका अनुसार मंगलबार बिहान सिद्धि पोलिक्लिनिकमा पुुनः रगत जाँच गरिएको थियो। हरिशले भने, ‘सामान्य रुघाखोकीका कारण आराम गरिरहनु भएको छ। सामाजिक सञ्जाल र समाचारमा आएजस्तो डेंगुको संक्रमण भएको होइन।’  

सबै तस्बिर : अनिल रञ्जित


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.