भागदौड हुँदा १६ तिर्थालुको ज्यान गयो, ७५ घाइते
बगदाद : इराकको करबालास्थित एक मस्जिदमा भागदौड हुँदा कम्तिमा १६ जनाको मृत्यु भएको छ ।
असौरा पर्व मनाउने क्रममा मंगलबार भेला भएको भीडबीच भागदौड हुँदा दुर्घटना भएको हो । घटनामा ७५ भन्दा धेरै तिर्थालु घाइते भएका छन् ।
घटनास्थल राजधानी बगदादको १ सय किलोमिटर पश्चिमतर्फ पर्छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता सेफ अल बद्रका अनुसार घाइतेको संख्या अझै यकिन हुन बाँकी छ ।