यस्तो छ सेनापतिको २५ पृष्ठ लामो सम्बोधन : अरुले गरेको पापको भारी मैले किन बोक्ने ?

यस्तो छ सेनापतिको २५ पृष्ठ लामो सम्बोधन : अरुले गरेको पापको भारी मैले किन बोक्ने ?

काठमाडौं : प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाली सेनालाई थप व्यवसायिक र जवाफदेही बनाउन आवश्यक परे अझ् कठोर कदम चाल्ने बताएका छन्।

सेनापतिको जिम्मेवारी समालेको एक वर्ष पुरा भएको अवसरमा जंगीअड्डमा विशेष सम्बोधन गर्दै सेनापतिले भने, ‘आवश्यक परे घाउको शल्यक्रिया गरी फ्याक्ने उपचारका लागि आगामी वर्ष म केही कठोर हुनसक्ने सम्भावनाबारे तपाईंहरुलाई सजग गराउन चाहन्छु ।’

२५ पृष्ठ लामो सम्बोधनमा उनले सुशासन र पारदर्शितालाई केन्द्रमा राखेर काम गर्न निर्देशन दिएका छन्। 

आफू हिरो बन्‍न वा सस्तो लोकप्रियताका लागि मात्र प्रणाली र पद्धतीमा सुधारको प्रयास नथालेको बताउँदै भने, ‘मसँग धेरै सहज बाटाहरु पनि थिए र, अझै पनि छन् । तर मैले कठिन भएपनि सही तरिकाले पदीय दायित्व निभाउने अठोट गरेको छु।बाधा व्यवधानहरु पच्छाएर, गलत पद्धती विकास हुन नसक्ने गरी सम्भावित उत्तराधिकारीलाई पद हस्तान्तरण गर्न चाहन्छु ।’

‘शल्यक्रिया गर्नुपर्ने घाउलाई हृयाण्डिप्लास्ट वा टालोले छोप्‍न खोज्‍नु समयको बर्बादी मात्र हो । त्यसैले ओखती मात्र होइन, शल्यक्रिया आजबाट सुरु गरौं ।’उनले अरुले गरेको गल्ती, कमजोरी वा अनैतिक लाभको पापको भारी मैले किन बोक्ने ? एकाध व्यक्तिले गरेको अपराधका कारण सेनाको प्रतिष्ठामा आँच आउन किन दिने ? एकाध व्यक्तिका कारण संगठन किन बद्‌नाम हुने ?’ भन्ने प्रश्न समेत गरे ।

संगठनको समस्याका रुपमा भर्ना प्रक्रियामा भनसुन, घरकाज, अपारदर्शी खर्च, कमसल भौतिक संरचनाका साथै सेनाको चरित्रहरण गर्ने विषयलाई पहिल्याएको उनले बताए । ‘जहाँ समस्या छ, त्यहाँ औषधि सर्जरी गर्दैनौं भने निको कसरी हुन्छ ?’, सेनापति थापाले भने, ‘केही समस्या नियमित अभ्यासले संस्थागत भएको होला । र, यो समाधान गर्न केही समय पनि लाग्न सक्छ ।’

यथास्थितिमै रमाउने प्रवृत्तिको अन्त्य गर्न आफू कठोर बन्‍ने संकेत दिदै थापाले भने, 'मलाई थाहा छ, काँचको गिलासमा एकै पटक तातो पानी हाल्यो भने फुट्न सक्छ। तसर्थ त्यसलाई विस्तारै तताउँदै जानुपर्छ। समग्रमा विश्लेषण गर्दा हामीले सकारात्मक परिवर्तनलाई आत्मसात् गरिसकेका छौं, उपलब्धिहरुमा गर्वानुभूति पनि गरेका छौं। तर, सीमित मात्रामा नै भए पनि परिवर्तनका बाधक हामी भित्रै पनि छ र छन् पनि। त्यस्तो व्यक्ति परिवर्तन वा सुधार जरुरी छ भन्ने ठान्दछ, तर यथास्थितिमै रमाउँछ। त्यसैले परिवर्तन हुँदा निजी स्वार्थमा बाधा पुग्छ कि भन्‍ने डर र भ्रमको तुस अझै पनि हामीमा नमेटिएको हुनसक्छ।' 

संगठनभित्र थप व्यवसायिक वातावरण निर्माण गर्न विश्‍वास आवश्यक रहेको बताउँदै थापाले भने, 'संगठनको वातावरण सबैभन्दा महत्ववपूर्ण हुन्छ, त्यो वातावरण निर्माण गर्ने हामीले हो। हामी सही भयौं भने विश्वास बढ्छ, विश्वासले वातावरण सिर्जना गर्छ। यो विभिन्न तहका कमाण्डरहरुले आ–आफ्नो तहमा निर्माण गर्ने हो, सकलदर्जाले यसमा आफ्नो क्षमता र दक्षताले योगदान गर्ने हो।' 

'मैले एक वर्षअघि पहिलो सम्बोधनमा संगठनको आवश्यकता र प्राथमिकता तथा नेपालको संविधानले नेपाली सेनालाई तोकेको जिम्मेवारी बहन गर्नसक्ने बनाउनका लागि तीन वर्षे कार्ययोजनामार्फत् आशाको सञ्चार जगाउने प्रयास गरेको थिएँ, सेनापति थापाले भने,  त्यसपछि १०० दिनको सम्बोधनमा 'पर्ख र हेर' को मुडमा रहेका र रहनेहरुलाई सचेत गराएको थिएँ।  एक वर्षको अवधिभित्र त्यो प्रवृत्तिको करिब–करिब अन्त्य हुने विश्वास पनि लिएको थिएँ। त्यसमा निश्चित रुपमा सुधार आएको छ, तर अझै पनि केहीमा त्यो तुस बाँकी नै छ। 

'नेपाली सेनामा अत्यावश्यक सुधारको बाटो कोर्ने मेरो अठोट हो, मैले बाटो फेर्ने कुनै सोच पालेको छैन। यसमा निश्चिन्त रहनुहोस्। अब नेपाली सेनाको अहित हुने गरी गलत काम गर्नेले यहाँबाट चोखिएर जाने कल्पना नगर्दा उपयुक्त हुन्छ, थापाले भने, कार्यान्वयनको वर्षमा आजैबाट प्रवेश गर्दा भेलको प्रवाहमा पौडिन नसक्ने वा नचाहनेले अपवाद होइन, नमूना हुनुपर्नेछ, यसतर्फ तपाईंहरु स्वयं सजग रहनु भए उपयुक्त हुन्छ जस्तो मलाई लाग्दछ।' 

थापाको भनाइ छ, 'संगठनका लागि आवश्यक त्यो आँट र हिम्मत नेपाली सेनाका सकलदर्जाले मलाई प्रदान गरेका छन्। परिवर्तनको विपक्षमा संस्थागत हित विपरीत व्यक्तिगत स्वार्थ केन्द्रित कार्यमा लाग्नेहरुलाई त्यस कार्यमा खर्च भइरहेको तपाईहरुको समय र श्रम नेपाली सेनालाई आवश्यक भएको कुरो म शिष्टताकासाथ दृढतापूर्वक पूनः दोहोर्‍याउन चाहन्छु। कसैलाई उचाल्ने र पछार्ने साङ्गठनिक राजनीति बन्द नभई स्वाभाविक रुपमा क्षमतावान र कर्मयोगीले अवसर पाउँदैनन्, संगठनमा सकारात्मक वातावरण सिर्जना हुन सक्दैन।  नेपाली सेनाजस्तो संगठनमा यो प्रवृत्ति हावी हुनुहुँदैन।'

यस्तो छ २५ पृष्ठ लामो सेनापतिको सम्बोधन


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.