कश्मीरमा अन्तर्राष्ट्रिय छानविन गर्न राष्ट्रसंघलाई पाकिस्तानको आग्रह
इस्लामाबाद : पाकिस्तानी विदेशमन्त्रीले भारतको कश्मीरमा अन्तर्राष्ट्रिय छानविनको लागि संयुक्त राष्ट्रसंघलाई आग्रह गरेका छन् ।
कश्मीरको मुस्लिम अल्पसंख्यक समुदायमा ‘नरसंहार’को जोखिम रहेको दावी गर्दै विदेमन्त्री साह मेहम्मुद कुरैसीले मंगलबार यस्तो आग्रह गरेका हुन् । जेनेभास्थित मानवअधिकार उच्चायोगमा यस्तो बताएका हुन् । ‘नरसंहार शब्द प्रयोग गर्न म डराउँछु, तर पनि भन्नैपर्छ,’ कुरैसीले भने ।
भारतले आफ्नो संविधान परिवर्तन गर्दै कश्मीरको विशेषाधिकार कटौती गरेपछि पाकिस्तानले विरोध जनाउँदैआएको छ । विदेशमन्त्री कुरैसीले भारत सरकारले ६ हजारलाई पक्राउ गरेको पनि आरोप लगाए ।