बैंकको १८ करोड हिनामिना प्रकरण : दुई कर्मचारी पक्राउ
दाङ : नाराणपुरस्थित देव विकास बैंकको झन्डै १८ करोड हिनामिना गरेको प्रकरणमा संलग्न रहेको आरोपमा दुईजना पक्राउ परेका छन्।
मंगलबार जिल्ला प्रहरी कार्यालय दाङले दुईजना कर्मचारीलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा बैंकका कर्मचारी पोषण जैसी र अनिल न्यौपाने रहेका छन्।
उनीहरुलाई पक्राउ गरी अनुसन्धानका लागि उच्च अदालत तुलसीपुर वाणिज्य इजलासबाट म्याद थप गरिएको छ।
रकम हिनामिना गरेको घटनामा बैंकका म्यानेजर शमिर बुढाथोकीसहित १२ जनालाई पक्राउ गरेपनि अनुसन्धानपछि तीनजना छुटिसकेका छन्।