जन्मदिनमा चेली रोएपछि...

जन्मदिनमा चेली रोएपछि...

काठमाडौं : ‘मलाई मारिदेओ’ भन्दै बेला बखत पति बसन्तलाई आग्रह गर्ने चेली तामाङ् मंगलबार केक काट्दा खुशी थिइन्। छोरी र श्रीमानसहित नर्ससँग जन्मदिन मनाएको केही बेरपछि आँशु थाम्न सकिनन्।

उनी राष्ट्रिय ट्रमा सेन्टरमा उपचाररत छिन्। सेन्टरको पाँचौ तलाको पश्चिमतिर न्युरो स्पाइनल वार्डको कुनामा छ, बेड नम्बर ५१४। त्यहाँ तीन वर्षदेखि छटपटाइरहेकी छन्, चेली। स्याहारमा खटिरहेका पतिलाई उनी कहिलेकाहिं भन्छन, ‘मलाई मारिदेऊ।’

उनै पति बसन्त र छोरी आलियाले मंगलबार मध्यान्ह केक काटे। वरिपरि नर्सले ताली पिटे। सबैले केक खाएपछि चेलीले एकाएक आँशु झारिन्। चेली ३८ वर्ष पुगेको उपलक्ष्यमा केक काटिएको बसन्तले बताए। उनले भने, ‘शैयामा रहेकी पत्नीलाई खुशी बनाउन पनि केक काटेको हुँ।’

तीन वर्षदेखि आमासँग सुत्न र बोल्न नपाएकोमा छोरी आलिया पनि दुःखि देखिन्छिन्। तीन कक्षामा अध्ययनरत आलिया भनिन,’ आमासँग धेरै कुरा गर्ने र सुत्ने मन छ।’

०७३ चैत २४ गते कोटेश्वर जडिबुटीस्थित डेरा फर्किन लाग्दा नयाँ बानेश्वरको जेब्रा क्रसिङ्ग नजिकै उनलाई बा ६५ प ७५४९ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो। पत्नीलाई ठक्कर दिएको थाहा पाएपछि मलेसियाबाट बसन्त फर्केर स्याहार सुसार गरिरहेका छन्। 

पत्नीसँग सुस्तरी बोल्दै उनी स्याहारमा जुटेका हुन्छन्। पत्नीको हेरचाह गरेको देखेर सेन्टरमा कार्यरत नर्ससमेत चकित छन्। ‘अशक्त पत्नीलाई यसरी हेरचाह गरेको देख्दा म त चकित परेकी छु’, स्टाफ नर्स लक्ष्मी ढुंगानाले भनिन्, ‘उनको श्रीमतीप्रतिको माया अनुकरणीय लाग्छ।’ 

भेन्टिलेटरको सहारा चाहिन्छ। त्यही भेन्टिलेटर पनि नेपाल स्वास्थ्य सेवा उपकरण विकास प्रतिष्ठानका अध्यक्ष सम्राट सिंह बस्नेतको पहलमा जर्मनीका पाउल हाराजिमले जर्मनीबाट ल्याएका थिए।

तामाङको दुर्घटनापछिको जीवन बारे अन्नपूर्ण पोस्ट्ले समाचार प्रकाशन गरेपछि सहयोग गर्ने बढेको बसन्तले जानकारी दिए। यसैबीच बौद्ध सेकेण्डरी इङ्गलिस स्कुलका शिक्षक अमर थापा र विद्यार्थी मिलेर ११ हजार एक सय रुपैयाँ सहयोग गरेको उनले जानकारी दिए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.