कटुवा पेस्तोल र ब्राउन सुगरसहित तीन पक्राउ

कटुवा पेस्तोल र ब्राउन सुगरसहित तीन पक्राउ

सिरहा : सिरहाको दुई स्थानबाट मंगलबार प्रहरीले कटुवा पेस्तोल र लागुऔषध ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरेको छ।

विष्णपुर गाउँपालिका ४ थलहाकट्हाका ३० वर्षीय कृष्ण यादवले घरायसी विवादका कारण आमालाई कुटपिट र घरमा समान बाहिर फालिदिएको खबर प्रहरी पायो। प्रहरी चौकी बेल्हाबाट घटनास्थलमा प्रहरी टोली पुगे। यादव कटुवा पेस्तोल छाडेर भागे। उनलाई सोही गाउँपालिका-५ लक्ष्मीपुरबाट पक्राउ गरेको सिरहा प्रहरी प्रवक्ता तथा डीएसपी अपिलराज बोहराले बताए।

त्यसैगरी गोलबजार नगरपालिका ६ बाट २१ वर्षीय राहुल भन्ने जीवछ साह र १९ वर्षीय राजन विश्वकर्मालाई लागुऔषध ब्राउन सुगरसहित प्रहरीले पक्राउ गरेका छन्। साहले घरको कोठाभित्र तरकारी बेच्ने क्यारेटमा बिक्री वितरणका लागि लुकाएर राखेको अवस्थामा प्रहरीले ब्राउन सुगर फेला पारेको डीएसपी बोहराले बताए। उनका अनुसार प्लाष्टिकको पोकामा तयार गरिएको ४ सय ५० ग्राम ब्राउन सुगर, मोबाइल र २३ सय रुपैयाँ नगदसहित दुवै जनालाई पक्राउ गरी थप अनुसन्धान हुँदैछ।   


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.