प्रतिनिधिसभा बैठक बस्दै : के छन् एजेन्डा
काठमाडौं : संघीय संसदको प्रतिनिधिसभा बैठक बुधबार दिउँसो १ बजे बस्दैछ। बैठकमा लोक सेवा आयोग विधेयक २०७५ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालले प्रस्तुत गरेको विरोधको सूचनाहरुलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले लोक सेवा आयोग विधेयक २०७५ प्रस्तुत गर्ने कार्य सूचीमा उल्लेख छ। परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले राहदानी विधेयक २ माथि पुनरविचार र पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।
आजको कार्यसूची