अतिथिलाई पिपलको पात

अतिथिलाई पिपलको पात

गुल्मी : धेरैले देख्नुभएको होला अतिथी ब्याज धेरैजसो प्लास्टिक र कागजले बनेका हुन्छन्। त्यो नभए कागजमा रिबनको फुर्का हुन्छ। मालिका गाउँपालिकाले भने अतिथि ब्याजका लागि पिपलको पातलाई प्रयोगमा ल्याएको छ। 

पिपलको पात गाउँमै पाइने र वातवरणमैत्री भएकाले अतिथिलाई पिपलको पात ब्याज बनाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकत दीपक भण्डारीले जानकारी दिए। 

निजामती कर्मचारी र शिक्षा दिवसको अवसरमा आयोजित कार्यक्रममा उपस्थित भएका अतिथिलाई पिपल पातको ब्याज लगाइदिएको भण्डारीको भनाइ छ। 

‘गाउँमै पाइने,’ उनले भने, ‘प्लास्टिकबाट छपाएको भन्दा पिपलको पात वातवरणमैत्री हुन्छ।’ भण्डारीले पछिल्लो समय पिपलको प्रयोग र संरक्षण घट्दै गएकाले यसको प्रयोग सकारात्मक तरिकाले गरिएको बताए। 
    
बजारमा पाइने अतिथी ब्याजमा गाउँपालिकाको धेरै रकम खर्च गर्नुपर्ने अवस्था अन्त्य गर्नका लागि पिपलको पातलाई अतिथि ब्याजको रुपमा प्रयोग गरिएको हो। धार्मिक रुपमासमेत पिपललाई पुज्ने हुनाले अतिथि सत्कारमा समेत यसको प्रयोग राम्रो हुने पालिकाले जनाएको छ। 

भण्डारीका अनुसार अतिथिको संख्या बढ्दै गएपनि ब्याज अभावको झन्झट व्योहोर्नु नपर्ने उनको भनाइ छ।  मञ्चमा पिपलको ब्याज लगाएर बसेका मालिका गाउँपालिकाका देविराम अर्यालले प्लास्टिक र कागजको ब्याज भन्दा पिपलको पात उत्तम रहेको बताए। उनले अन्य गाउँपालिका र नगरपालिकाले यस कार्यको सिको गरे अतिथी ब्याजमा खर्चने रकम बचत हुने सुनाए। 

ब्याज तयार बनाइएको पिपलको पात। तस्बिर : अन्नपूर्ण 

  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.