घोप्टेभिरको जोखिम
बेनी-जोमसोम सडक अन्र्तगत म्याग्दी र मुस्ताङको सिमाना घोप्टेभिरमा डोजरको सहायताले सडक फराकिलो बनाउनको लागि विष्फोटनको तयारी गरिँदै। कालिगण्डकी नदीको कटानले सडक बगाएपछि चारदिनदेखि अबरुद्ध सडक खुलाउन विष्फोटक पदार्थको प्रयोग गरि भिरमा नयाँ ट्याक निर्माण गर्न लागिएको छ। तस्बिर : कमल खत्री