चार दिनदेखि बन्द बेनी-जोमसोम सडक सुचारु

चार दिनदेखि बन्द बेनी-जोमसोम सडक सुचारु

मुस्ताङ : लगातार ४ दिनदेखि अवरुद्ध बेनी–जोमसोम सडक सुचारु भएको छ। कालिगण्डकी करिडोर तथा नारच्याङ हाइड्रोका प्राविधिकको सहयोगमा बुधबार बेलुकादेखि बाटो खुलाइएको हो।

म्याग्दी र मुस्ताङको सीमावर्ती क्षेत्र थासाङ गाउँपालिका ४ स्थित काभ्रेभीरमा करिब १५ मिटर सडक भासिएपछि बेनी–जोमसोम सीधा आउजाउ बन्द भएको थियो। काभ्रेभीरस्थित कडा चट्टाने पहाड मुनीको सडक भासिएको थियो।

सब बेस उठाएर सडक सञ्चालन गर्न समेत सम्भव नभएकाले विस्फोटक पदार्थको सहायताबाट रक कटिङ गरेर सडक ट्र्याक खुल्ला गरिएको बेनी जोमसोम सडकका सुपरभाइजर ईन्द्रसिह शेरचनले जानकारी दिए। उनले करिडोरका प्राविधिकहरूले जोखिम मोलेर सडक खुल्ला गर्न सफल भएको बताए।

हिमालपारीको बेनी–जोमसोम सडक अवरुद्ध हुँदा मुस्ताङ आउजाउ गर्ने सवारी साधन तथा मुक्तिनाथ आउने तीर्थालुलाई समेत सास्ती पुगेको करिडोर सडकका आयोजना प्रमुख मुकुन्द अधिकारीले जानकारी दिए।

लगातार ४ दिनसम्म सडक अवरुद्ध हुँदा मुस्ताङमा खाद्यान्न तथा निर्माण सामाग्री ओसार पोसारमा समेत समस्या भएको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.