किसानलाई निकुञ्जको क्षतिपूर्ति

किसानलाई निकुञ्जको क्षतिपूर्ति

नुवाकोट : निकुञ्ज क्षेत्रका जनावरले अन्नबाली नोक्सान गरेवापत रसुवामा लाङटाङ राष्ट्रिय निकुञ्जले किसानलाई क्षतिपूर्ति उपलब्ध गराएको छ। अन्नबाली नोक्सान गरेका विभिन्न किसानलाई निकुञ्जले १ लाख १७ हजार रुपैयाँ राहत प्रदान गरेको हो।

नुवाकोट, रसुवा र सिन्धुपाल्चोकमा फैलिएको लाङटाङ राष्ट्रिय निकुञ्जले रसुवाको दक्षिणी भेगमा रहेका उत्तरगया गाउँपालिका विमिरे, मनिगाउँ, बनुवा, उपल्लो पौवा गाउँका १३ किसानलाई राहत रकम प्रदान गरेको हो।

किसानका खेतबारीमा लगाइएका कृषि उपज निकुञ्ज क्षेत्रका जनावरले नोक्सान गरेवापत निकुञ्जले किसानका लागि राखेको राहत कोषबाट क्षतिपूर्ति वापतको राहत रकम प्रदान गरिएको निकुञ्ज कार्यालयले जनाएको हो।

वन्यजन्तुबाट बाली नोक्सान गरेवापत नगद १० हजार रुपैयाँ क्षतिपूर्ति पाउनेमा कालिक ग्लान, ठाकुर थिङ तामाङ, मानबहादुर सिंह, बुलुन तामाङ, कमलनाथ घिमिरे, देवमाया पौडेल, भवप्रसाद आचार्य, वीरबहादुर बुलुन, किलादेवी लामिछाने छन्। आठ हजार रुपैयाँ राहत पाउनेमा बालकृष्ण बुलुन र शेरबहादुर बुलुन छन्। निकुञ्जका अनुसार ७ हजार रुपैयाँ पाउनेमा गोविन्दप्रसाद आचार्य, तिलकुमारी आचार्य र गणेप्रसाद आचार्य छन्।

काठमाडौंदेखि नजिकको हिमाली क्षेत्र लाङटाङ राष्ट्रिय निकुुञ्जको जैविक विविधता संरक्षण प्रभावकारी हुँदै गएपछि वनजंगलको हराभराले वन्यजन्तुको संख्या वृद्धि हुँदै जाँदा जनावरले आहारको खोजीमा किसानका खेतीपाती लगायतको ठाउँमा नोक्सान पु¥याउँदै गएको पीडित किसानको गुनासो छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.