डेंगु नियन्त्रण गर्न नसकेको भन्दै संसद‍्मा स्वास्थ्यमन्त्रीको राजीनामा माग

डेंगु नियन्त्रण गर्न नसकेको भन्दै संसद‍्मा स्वास्थ्यमन्त्रीको राजीनामा माग

काठमाडौं : प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद संजयकुमार गौतमले स्वास्थ्यमन्त्रीको राजीनामा माग गरेका छन्। बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद गौतमले डेंगुले प्रकोपको रुप लिँदासम्म सरकार कुम्भकर्णजस्तो भएको भन्दै आपत्ती जनाए।उनले स्वास्थ्यमन्त्रीको राजीनामाको माग समेत गरे।

'मुलुक डेंगुले आक्रान्त भएको छ। संकटकाल घोषणा गर्नुपर्ने बेला भइसक्यो ।सरकार चरम कुम्भकर्णजस्तो भएर सुतेको छ, ' उनले भने, 'यहाँ यति ठूलो विरोध, आक्रोश हुँदासम्म सरकार खाली रुलिङ गरेर बसेको छ।मन्त्री जी कहाँ हुनुहुन्छ ?।स्वास्थ्यको जिम्मा लिएर बसेका मन्त्रीहरु कहाँ हुनुहुन्छ? अब त प्रधानमन्त्री पनि स्वदेश आइसक्नुभयो। यतिबेला चुप लागेर बसेर खाली रुलिङ गरेर, टेबुल ठोकेर, सत्तापक्षका साथीहरुले विरोध जनाएर मात्रै हुँदैन।'

उनले डेंगु नियन्त्रणमा सरकारले झारो टार्ने काम गरेको भन्दै आपत्ती जनाए। 'दुई तिहाइको एब्सुलिट सरकार हो।यतिबेला तपाईहरुले शुसान नदिएर कसले दिन्छ, उनले भने, 'यतिबेला खालि रुलिङ गरिदिएको भरमा यो झारा टार्ने काम कही नभएको जात्रा हाडीगाउँमा भनेझैं भएको छ।यसरी काम गरेर जनताले सुख पाउँदैनन्।'

'मन्त्री, चिकित्सक र जनता डेंगुबाट प्रभावित भएका छन्।पूरै देश आक्रान्त अवस्थामा छ। तर सरकार मौन छ, 'उनले भने, 'तत्काल सरकारको डेंगु नियन्त्रणमा ध्यान जाओस्।कुम्भकर्णजस्तो भएर हुँदैन।'
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.