हाकिमको 'सेक्सिस्ट' व्यवहारविरुद्ध महिला प्रहरीले मुद्दा हालिन्
लण्डन : ४३ वर्षीया एक महिला प्रहरी अधिकृतले आफ्नै हाकिमले यौनवादी व्यवहार देखाएको भन्दै मुद्दा दायर गरेकी छन् ।
यौनवादलाई संस्थागत गरेको भन्दै स्कटल्याण्डमा रोह्ना मालोन नामकी प्रहरी अधिकृतले आफ्नै हाकिमविरुद्ध मुद्दा दायर गरेकी हुन् । उनकै एक हाकिमले महिला अधिकृत पुरुषविना ड्यूटीमा जान नहुने आदेश दिएको भन्दै उनले उजुरी दिएकी हुन् ।
अधिकृत केथ वारअस्र्टविरुद्ध उनले उजुरी दिएकी हुन् । वारअस्र्टले इमेल मार्फत पनि ‘सेक्सिस्ट’ व्यवहार देखाएको आरोप उनको छ । रोह्नाकै केही सहकर्मीले भने उनको उजुरीलाई अस्वभाविक भन्दै टिप्पणी गरेका छन् ।