बाढीले खुदी जलविद्युतमा क्षति : उत्पादन ठप्प

बाढीले खुदी जलविद्युतमा क्षति : उत्पादन ठप्प

बेंसीसहर : लमजुङको मस्र्याङ्दी गाउँपालिका–९ स्थित लेते खोलामा आएको बाढीले खुदी जलविद्युत आयोजनामा क्षति पर्‍याएको छ । बाढीले आयोजनाको पावरहाउसमा क्षति पुर्याएको हो । 

मंगलबार राति आएको बाढीले ४ मेगावाट क्षमताको खुदी आयोजनाको टर्वाइनलगायतका सबै मेसेनरी सामाग्री पुरिएको आयोजना प्रमुख दीपक भण्डारीले जानकारी दिए। 

उनका अनुसार बाढीले पावरहाउसमा करिब ५ करोड बराबरको क्षति भएको छ । बाढीले पेनस्टक पाइपसमेत बगाएको छ । आयोजना मर्मत गर्न करिब ३ महिना लाग्ने भण्डारीको भनाइ छ ।

२०६३ पुस १५ बाट सञ्चालनमा आएको यो आयोजना ०६५ भदौ १२ मा आएको बाढीले क्षतिग्रस्त पुर्याएको थियो। करिब ६० करोड लागतमा निर्माण सो आयोजनामा बुटवल पावर कम्पनीको ६०, एचसीटीएचआई क्यानडाको २५ र लमजुङ विद्युत विकास कम्पनीको १५ प्रतिशत लगानी रहेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.