आइतबारको मन्त्रिपरिषद् बैठकका १९ निर्णय
काठमाडौं : सरकारले आइतबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रिपरिषद्का निर्णय सार्वजनिक भएका हुन् ।
सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री गोकुल बाँस्कोटाले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका हुन् । सरकारले २०७५ चैत ११ गते को निर्णय अनुसार गठन भएको विराटनगर जुटमिल जाँचबुझ आयोगको म्याद थप गरेको छ । आयोगलाई २०७६ भदौ १७ देखि एक महिनाका लागि म्याद थप गरिएको सञ्चारमन्त्री बाँस्कोटाले जानकारी दिए । सरकारका १९ निर्णय :