उत्तर कोरियाको मुद्दा सल्टाउन अमेरिकालाई चीनको आग्रह
बेइजिङ : चिनियाँ विदेशमन्त्री वाङ यीले अमेरिकालाई उत्तर कोरियाको परमाणु मुद्दालाई सल्टाउन आग्रह गरेका छन् ।
‘चरम विवाद’ ले कहिल्यै काम नगर्ने भन्दै उक्त मुद्दा सल्टाउन प्रयास गर्नका लागि अमेरिकालाई आग्रह गरेका हुन् । साथै उनले संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले उत्तरमाथिको प्रतिबन्ध फुकुवा गर्नेबारे बहस गर्नुपर्ने पनि दोहोर्याए ।