कंगोमा रेल दुर्घटना हुँदा ५० भन्दा धेरैको मृत्यु
कंगो : प्रजातान्त्रिक गणतान्त्रिक कंगोमा रेल दुर्घटना हुँदा ५० जनाभन्दा धेरैको मृत्यु भएको छ ।
दक्षिणपूर्वी क्षेत्रस्थित माइबारिदी सहरमा बिहीबार घातक दुर्घटना भएको यहाँको सरकारले जानकारी दिएको छ । घटनामा २३ जना घाइते छन् । अन्तर्राष्ट्रिय मिडियाका अनुसार मृतकको संख्या बढ्नसक्छ ।
गत मार्चमा मात्रै कंगोमा यस्तै प्रकृतिको दुर्घटनामा २४ जनाको ज्यान गएको थियो । ३१ जना घाइते भएका थिए । घटनाबारे अनुसन्धान भइरहेको बताइएको छ । साथै घाइतेहरुलाई स्थानीय अस्पतालमा उपचार गराइँदैछ ।