विश्‍वभर आज : तालिबानको अर्को हमला, कंगो दुर्घटनामा ५० बढीको मृत्यु

विश्‍वभर आज : तालिबानको अर्को हमला, कंगो दुर्घटनामा ५० बढीको मृत्यु

काठमाडौँ : आज पनि केही घटनाले विश्‍वभर तरंग ल्याए । कंगोमा भएको रेल दुर्घटना, चीन र भारतको विवादित क्षेत्र लद्दाखमा दुई देशका सेनाबीच भएको घम्साघम्सी, तालिबानी समूहको अर्को विस्फोट । यस्ता केही घटना वरिपरी केन्द्रित छ विश्व खबर :


उत्तर कोरियाको मुद्दा सल्टाउन अमेरिकालाई चीनको आग्रह


बेइजिङ : चिनियाँ विदेशमन्त्री वाङ यीले अमेरिकालाई उत्तर कोरियाको परमाणु मुद्दालाई सल्टाउन आग्रह गरेका छन् । ‘चरम विवाद’ ले कहिल्यै काम नगर्ने भन्दै उक्त मुद्दा सल्टाउन प्रयास गर्नका लागि अमेरिकालाई आग्रह गरेका हुन् । साथै उनले संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले उत्तरमाथिको प्रतिबन्ध फुकुवा गर्नेबारे बहस गर्नुपर्ने पनि दोहोर्‍याए।

लद्दाखमा भारतीय र चिनियाँ सेनाबीच भिडन्त


नयाँदिल्ली : भारतीय सेना र चिनियाँ सेनाबीच दोहोरो भिडन्त भएको छ । विवादित क्षेत्र लद्दाखमा चिनियाँ सेनासँग बुधबार भारतीय सेनाको भिडन्त भएको हो । भारतीय मिडियाका अनुसार यस क्षेत्रमा मानवीय क्षति भने भएको छैन ।

लद्दाखस्थित भारतीय सैनिकहरु गस्ती गरिरहँदा चिनियाँ सेनाले अवरोध गरेपछि विवाद उत्पन्न भएको थियो । कश्मीरसँग जोडिएको लद्दाख क्षेत्रको विषयलाई लिएर चीन र भारतबीच बेला बेला विवाद हुँदैआएको छ । यसअघि भुटानसँग जोडिएको सीमाक्षेत्र दोक्लममा पनि चिनियाँ सेनासँग भारतीय सेनाको भिडन्त भएको थियो ।

‘सेक्सिस्ट’ व्यवहार देखाएको भन्दै हाकिमविरुद्ध महिला प्रहरीले दिइन् उजुरी


लण्डन : ४३ वर्षीया एक महिला प्रहरी अधिकृतले आफ्नै हाकिमले यौनवादी व्यवहार देखाएको भन्दै मुद्दा दायर गरेकी छन् । यौनवादलाई संस्थागत गरेको भन्दै स्कटल्याण्डमा रोह्ना मालोन नामकी प्रहरी अधिकृतले आफ्नै हाकिमविरुद्ध मुद्दा दायर गरेकी हुन् ।

उनकै एक हाकिमले महिला अधिकृत पुरुषविना ड्यूटीमा जान नहुने आदेश दिएको भन्दै उनले उजुरी दिएकी हुन् । अधिकृत केथ वारअस्र्टविरुद्ध उनले उजुरी दिएकी हुन् । वारअस्र्टले इमेल मार्फत पनि ‘सेक्सिस्ट’ व्यवहार देखाएको आरोप उनको छ । रोह्नाकै केही सहकर्मीले भने उनको उजुरीलाई अस्वभाविक भन्दै टिप्पणी गरेका छन् ।

ट्रम्पले आफ्नै सल्लाहकार हटाउनुको कारण ‘इरान समर्थक’


वासिङ्टन : अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले ट्रम्पको इरान नीतिमा असन्तुष्टि व्यक्त गरेकाले उनलाई हटाइएको खुलासा भएको छ ।

इरानमाथि अमेरिकाले लगाएको प्रतिबन्धविरुद्ध उनले कडा असन्तुष्टि व्यक्त गर्दैआएको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् । सोहीकारण ट्रम्पले बोल्टनलाई हटाएका थिए ।

ट्रम्पले भने बोल्टनलाई हटाएको कुरा ट्वीटरमार्फ पनि सार्वजनिक गरेका थिए । इरान र उत्तर कोरियासँग बोल्टनको सम्बन्ध रहेको पनि ट्रम्पको भनाइ थियो । निजी सहयोगीलाई हटाएको एक सातामै ट्रम्पले हिजो मात्रै आफ्ना सुरक्षा सल्लाहकार बोल्टनलाई पनि बर्खास्त गरेका हुन् ।

शान्ति सेनामा गएका भारतीय सैनिक अधिकृत वेपत्ता


कंगो : कंगोस्थित संयुक्त राष्ट्रसंघीय शान्ति मिसनका लागि तैनाथ भारतीय एक सैनिक अधिकृत वेपत्ता छन् । भारतीय सेनाका लेफ्टिनेन्ट कर्नेल गौरव सोलन्की ६ दिनदेखि वेपत्ता भएका हुन् ।

गत शनिबार दिउसोदेखि किबु लेकमा कायाकिङ गर्न गएका गौरव त्यहीँबाट सम्पर्क विहीन भएको भारतीय मिडियाले जनाएका छन् । भारतीय सेनाको टोली सहित कंगोमा गौरवको खोजी गरिएको बताइएको छ ।

कंगोमा रेल दुर्घटना, ५० बढीको ज्यान गयो


कंगो : प्रजातान्त्रिक गणतान्त्रिक कंगोमा रेल दुर्घटना हुँदा ५० जनाभन्दा धेरैको मृत्यु भएको छ । दक्षिणपूर्वी क्षेत्रस्थित माइबारिदी सहरमा बिहीबार घातक दुर्घटना भएको यहाँको सरकारले जानकारी दिएको छ ।

घटनामा २३ जना घाइते छन् । अन्तर्राष्ट्रिय मिडियाका अनुसार मृतकको संख्या बढ्नसक्छ । गत मार्चमा मात्रै कंगोमा यस्तै प्रकृतिको दुर्घटनामा २४ जनाको ज्यान गएको थियो । ३१ जना घाइते भएका थिए ।

अमेरिकामा ई–चुरोट प्रतिबन्ध लगाइँदै


वासिङ्टन : अमेरिकामा ‘ई सिगरेट’ अर्थात् सुगन्धित विद्युतीय चुरोट प्रतिबन्ध लगाउने तयारी गरेको छ । डोनल्ड ट्रम्प प्रशासनले यसबारे नीति बनाएर यस्ता चुरोटमा प्रतिबन्ध लगाउन लागेको हो ।

किशोर किशोरीहरुमाझ लोकप्रिय भइरहँदा सरकारले यस्ता पदार्थको उत्पादनमा रोक लगाउन लागेको हो । पछिल्ला केही अध्ययनले किशोर किशोरीहरुमा ई सिगरेटको प्रयोग बढ्दैगरेको छ ।

तर फोक्सोमा असर पुग्ने र गलत संस्कृति बसेको भन्दै सरकारले कडा नीति अवलम्वन गरेको हो । अमेरिकी मिडियाले जनाए अनुसार अबको एक महिनापछि नै अमेरिकामा सुगन्धित ई चुरोट विक्री गर्न पाइनेछैन ।

इरानमा पक्राउ परेका अष्ट्रेलियन जोडीको पहिचान खुल्यो


तेहरान : इरानमा नियन्त्रणमा परेका दुई अष्ट्रेलियल नागरिकको पहिचान खुलेको छ । जोली किङ र मार्क फिर्किनको जोडी पेशागत रुपमा ‘ब्लगर’ भएको पनि खुलेको छ ।

किङको साथमा बेलायती पासपोर्ट भएको बिबिसीले जनाएको छ । यात्राको क्रममा रहेका उनीहरु इरानमा पक्राउ परेका थिए । अन्तर्राष्ट्रिय मिडियाका अनुसार उनीहरु एसिया र मध्यपूर्वी क्षेत्रको यात्रामा थिए । यस क्रममा ब्लग तयार पार्दैआएका थिए । यस्तो घटना बाहिरिएपछि उनीहरुको रिहाइको लागि कुटनीतिक पहल भइरहेको बताइएको छ ।

तालिबानको अर्को विस्फोट, चार सुरक्षाकर्मी मारिए


काबुल : अफगानिस्तानको काबुलस्थित आत्मघाती बम हमला हुँदा कम्तिमा चार सुरक्षाकर्मी मारिएका छन् । अरु तीनजना घाइते भएका छन् । बिहीबार दिउसो चहर अस्याब जिल्लामा यस्तो हमला भएको हो ।

घटनाको जिम्मेवारी तालिबान समूहले लिएको छ । तालिबान प्रवक्ता जबिहुल्लाह मुजाहिदले विज्ञप्ति नै जारी गर्दै घटनाको जिम्मेवारी लिए । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले तालिबानीमाथि पहिले भन्दा पनि कडा आक्रमण गर्न निर्देशन दिएलगत्तै तालिबानी समूहले यस्तो हमला गरेको हो । गत साता मात्रै अमेरिका–तालिबान शान्ति वार्ताको तयारी भइरहँदा तालिबानी समूहले लगातार दुई विस्फोट गराएको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.