लमजुङको बेसीसहर नगरपालिकाले पनि थाल्यो भुस्याहा कुकुर मार्ने अभियान

लमजुङको बेसीसहर नगरपालिकाले पनि थाल्यो भुस्याहा कुकुर मार्ने अभियान

बेसीसहर : रेविज संक्रमणबाट एक बालकको मृत्यु भएपछि लमजुङ सदरमुकाम बेसीसहरमा भुस्याहा कुकुर मार्न थालिएको छ ।

बेसीसहर नगरपालिकाले सरोकारवालाहरुसँग समन्वय गरी सदरमुकाम भित्रका भुस्याहा कुकुर मार्न थालेको हो । रेविज संक्रमित कुकुरको टोकाइबाट केही दिनअघि बेसीसहर बस्दैआएका मस्र्याङ्दी गाउँपालिका–३ खुदीका १२ वर्षीय सोदिप तामाङको मृत्यु भएको थियो ।

रेविज संक्रमित कुकुरले अन्य बालकालिकालाई पनि टोक्न थालेपछि भुस्याहा कुकुर मार्न थालिएको नगरपालिकाले जनाएको छ । बेसीसहर बजारमा रातिको समयमा टोली परिचालन गरी विष खुवाएर सडकमा भेटिएका कुकुरहरु मार्न थालिएको छ ।

नगरपालिकाका अनुसार बेसीसहर बजारभित्रका दर्जनभन्दा बढी कुकुरहरुलाई विष खुवाएर मारिसकिएको छ । भुस्याहा कुकुरहरुको व्यवस्थापनका लागि समुदायस्तरबाट नै आग्रह गरेपछि सरोकारवालाको समन्वयमा कुकुर व्यवस्थापन गर्न थालिएको बेसीसहर नगरपालिका प्रमुख गुमानसिंह अर्यालले बताए ।

‘शंकास्पद भुस्याहा कुकुरहरुलाई मार्ने र अन्य शंका नभएका कुकुरहरुलाई रेविज सुइ लगाएर छोडेका छौँ’, नगरप्रमुख अर्यालले भने । कुकुरको टोकाइबाट रेविज संक्रमण भएका बालकको मृत्यु भएपछि रेविजको संक्रमण अन्य धेरैसँग हुनसक्ने भन्दै सर्वसाधरणमा त्रास फैलिएको छ । पछिल्लो समय रेविज संक्रमणको डरले ४० जना भन्दा बढीले जिल्ला अस्पतालमा पुगेर रेविज विरुद्धको खोप लगाइसकेका छन् ।

नगरपालिकाले बेसीसहरस्थित घरपालुवा कुकुरलाई सुरक्षित रुपमा घरमा राख्न आग्रह गरेको छ । घरपालुवा कुकुरलाई रेविज विरुद्धको सुइ अनिवार्य लगाउन नगरपालिकाले सूचना जारी गरेको छ । घरपालुवा कुकुरले टोकी कुनै दुर्घटना भएमा घरधनी जिम्मेवार हुने समेत नगरपालिकाले चेतावनी दिएको छ ।

नगरपालिकाले रेविज लागेका शंकास्पद कुकुरलाई नियन्त्रण तथा व्यवस्थापन गर्न टोली परिचालन गरेको छ । घरपालुवा कुकुर धनीले अनिवार्य रुपमा कुकुर पालेको जानकारी नगरपालिकाको पशु सेवा शाखामा जानकारी गराउनुपर्ने पनि नगरपालिकाले जनाएको छ । नगरपालिकाको सूचनापछि भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रमा पुगेर ३० बढी घरपालुवा कुकुरहरुलाई रेविज विरुद्धको सुइ लगाइसकिएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.