भारतका जेलमा ६१२ नेपाली

भारतका जेलमा ६१२ नेपाली

नयाँ दिल्ली : भारतका विभिन्न जेलमा ६१२ नेपालीले कैदी जीवन बिताइरहेका छन् । भारतीय राष्ट्रिय अपराध तथ्यांक शाखा (नेशनल क्राइम रेकर्डस् ब्यूरो–एनसीआरबी)ले जारी गरेको एक तथ्यांकले यो संख्या सार्वजानिक गरेको हो ।

भारतमा हाल रहेको १ हजार ४१२ जेलमा रहेका कुल ६ हजार ३७० विदेशी कैदीको सूचीमा नेपाल दोस्रो स्थानमा रहेको छ । पहिलो स्थानमा बंगलादेश छ । जेलमा ३ हजार ७७० कैदी बंगलादेशका नागरिक रहेका छन् ।

एनसीआरबीले प्रकाशित गरेको ‘प्रिजन स्टाटिक्स२०१६’ वार्षिक प्रतिवेदनमा भारतका १ हजार ४१२ जेलमा कुल ६हजार ३७० विदेशी कैदी रहेकामध्ये ६१२ नेपाली रहेको उल्लेख छ । तीमध्ये दोषी प्रमाणित भएका २११ र मुद्दा विचाराधीन रहेका ४०१ नेपाली रहेका छन् । दोषी र विचाराधीन कैदी क्रमशः ८.९ र १२.३ प्रतिशत रहेको छ । कुल कैदीको ९.६ प्रतिशत नेपाली रहेका छन् ।

एनसीआरबीले नागरिकताको आधारमा फरेन नेशनल क्याटोगरीअन्तर्गत यो तथ्यांक संकलन गरेको हो । जेलको संख्या प्रकार, कैदी संख्या, जेल क्षमता, क्षमताभन्दा बढीको भार, दोषी प्रमाणित, विचाराधीन, नजरबन्द, मृत्यु भएका कैदी, विदेशी नागरिक लगायतका शीर्षकमा अध्ययनपछि यो तथ्यांक सार्वजानिक गरेको हो ।

विदेशी कैदीको समस्याबारे सर्वेक्षण गरिँदै

विविध अपराधमा भारतीय जेलमा रहेका विदेशी कैदीको समस्याबारे एकेडेमी अफ प्रिजन्स एण्ड करेक्सनलल एडमिनिस्ट्रेसन (एपीसीए)ले सर्वेक्षण गर्ने भएको छ । यो सर्वे ६ महिनाभित्र सक्ने लक्ष्य रहेको छ । भारतीय जेलमा अमेरिका, बेलायत, अस्ट्रेलिया, दक्षिण अफ्रिका, बंगलादेश, नेपाल, म्यान्मालगायतका मुलुकका कैदी रहेका छन् । यी मुलुकले आ–आफ्ना दूतावासमार्फत कैदीहरूको सहुलियत दिनका लागि सुझाव पनि बुझाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । दूतावासहरूको मागका कारण एपीसीएले सर्वेक्षण गर्न लागेको हो । दिल्लीस्थित बेलायती उच्चायोगमा भएको एक बैठकपछि यो सर्वेक्षणबारे निर्णय गरिएको हो ।

बेखबर नेपाली दूतावास

यो तथ्यांकबारे भारतमा रहेको नेपाली दूतावास बेखबर छ । नेपाली दूतावासका उच्च अधिकारीसँग सम्पर्क गर्दा आफूहरूसमक्ष जानकारी नआएको बताए । यो खबर तयार पारुन्जेल दूतावासले विदेश मन्त्रालयमा तथ्यांक उपलब्ध गराउन कुरा गरेको दूतावासका एक अधिकारीले भने । बरु नेपाली दूतावासले आफैंले भारतका जेलहरूमा रहेका नेपाली कैदीको तथ्यांक संकलन गरिरहेको उनले जानकारी गराए । पहिलो चरणको तथ्यांक संकलन गर्ने भनेर झण्डै तथ्यांक संकलनको पहल गर्ने जानकारी दूतावासले झण्डै डेढ वर्षअघि गराए पनि अहिलेसम्म त्यसमा खासै प्रगति भएको छैन । ‘हामीसँग त्यस्तो खासै कुनै तथ्यांक संकलन भएको छैन’, दूतावासका एक अधिकारीले भने । विदेशी उच्चायोगले बैठक गरेर आफ्ना कैदी नागरिकका लागि बलियो पैरवी गरेका बेला दूतावासले भने उपलब्धिमूलक तत्परता नदेखाएको गुनासो भारतमा रहेका प्रवासी नेपालीहरूले गर्दै आएका छन् ।

भारतको केरल, कर्णाटक,महाराष्ट्र, पञ्जाब, राजस्थान, तमिलनाडु, चण्डीगढका जेलमा रहेका नेपालीले कष्टकर कैदी जीवन बिताइरहेको समाचार सार्वजानिक भइरहे पनि नेपाल सरकारले पहल नगरेको गुनासो भारतका नेपाली समुदायले गरिरहेका छन् । उनीहरुले भारत भ्रमणमा आएका नेपालका मन्त्रीहरू र राजनीतिक दलका नेताहरूलाई भेटेर निम्न आर्थिक अवस्थाका अधिकांश नेपालीले बिनाअपराध पनि लामो समयदेखि कष्टकर कैदी जीवनयापन गरिरहेको भन्दै उनीहरूको रिहाइका लागि पहल गर्न पटक पटक आग्रह समेत गरिरहेका छन् । सम्बन्धित अधिकारीसँगको कुराकानीबाट दूतावास भने यो विषयमा जानकार देखिएन ।

एनसीआरबीले २०१७ अप्रिलदेखि अगस्त २०१८ सम्म डिसेम्बरसम्मको अध्ययनपछि यो तथ्यांक सार्वजानिक गरेको हो । सन् १९९५ देखि प्रकाशन गर्दै आएको एनसीआरबीको यो २२ औं संस्करण हो । यसअघि लिंग र उमेरका लगायतको आधारमा तथ्यांक सार्वजानिक गर्दै आएको थियो । यसपटक विदेशी राष्ट्रियता शीर्षक नै राखेर तथ्यांक जारी गरेको छ । २०१४ मा पनि विभिन्न देशका नागरिकको छुट्टाछुट्टै सूची सार्वजनिक गरेको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.