घरमाथि पहिरो खस्दा ६ जना पुरिए

घरमाथि पहिरो खस्दा ६ जना पुरिए

रोल्पा  : रोल्पाको थबाङमा पहिरोले ६ जना पुरिएका छन्। थबाङ-२ छेर्लबाङमा बिहीबार मध्यरतिमा आएको पहिरोले  घर पुरेको हो। पुरिएको घरमा दुई परिवाका ६ जना बस्दै आएका थिए। दुई जनाको शव फेला पारेको  छिमेकी बिस्मल झाँक्रीले जानकारी दिए। प्रहरीले पिन दुईवटा शव फेला परेको पुष्टि गरेको छ।

दुईतले ढुंगे घरको माथिल्लो तलामा बस्दै आएकी २८ वर्षीय शीरकुमारी बुढा र उनका ४ वर्षका छोरा अशलको शव पुरिएको अवस्थामा गाउँलेले शुक्रबार बिहान फेला पारेका हुन्। गाउँलेका अनुसार सुतेकै अवस्थामा पहिरोले च्यापिएर मृत अअवस्थामा उनीहरू फेला परेका हुन्।अर्को परिवार भुँइतलाको कोठामा भएकाले पुरिएको हुनसक्ने  छिमेकी झाक्रीले बताए। 

पुरिएर वेपत्ता हुनेमा ३६ वर्षीय जय बुढा, उनकी पत्नी ४० वर्षीय मुलज्योती बुढा, १० वर्षकी छोरी गृष्मा र डेढ वर्षीय छोरी रहेका छन्।उद्धारमा खटिएका गाउँलेले उनीहरु जीवितै फेला पर्ने सम्भावना कम रहेको बताउछन्।  घरमा रहेका चौपाया पनि पुरिएका छन्। पुरिएको घरमाथिको पहिरो पन्छाउन पुगेका छिमेकीले केही गाई गोरु  मृत अवस्थामा देखेको बताएका छन्।

घरमाथि खनिएको सडकको माटोसहित आएको पहिरोले  घर पुरिएको थबाङकै स्थानीय एवं सत्ताधारी नेकपाका नेता सविन बुढाले बताए। सडकको ब्याक कटिङका बेला सडक छेउको घर जोगाउन त्यहाँको माटो लगेर अन्यत्र थुपारिएको थियो  वर्षाका कारण थुपारिएको माटोसहितको पहिरोले घर पुरिएको हो।

गाउँलेले बिहानै घटनाबारे प्रहरीलाई खबर गरेका थिए। थबाङ इलाका प्रहरी कार्यालयबाट प्रहरीको टोली घटना स्थल पुगिसकेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक चित्र गुरुङले बताए। छिमेकी मिरुल रानागाउँ र कुरेलीबाट पनि प्रहरी टोली घटनास्थलमा परिचालन गरिएको गुरुले जानकारी दिए


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.